किसान महासंघ कोशी प्रदेशको बैठक सुनसरीको तरहरामा सम्पन्न
नेपालबहस संवाददाता
मंसिर २४, २०८० आइतबार २१:५५:४५
२४ मंसिर, सुनसरी । नेपाल किसान महासंघ कोशी प्रदेश समितिको पुर्ण बैठक सुनसरीको तरहरास्थित कृषि अनुसन्धान केन्द्रमा आज सम्पन्न भएको छ ।
नेपाल किसान महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव कोइराला ,विशिष्ट अतिथि नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिना रहेको बैठकमा अतिथिको रुपमा नेपाल किसान महासंघका केन्द्रीय सदस्यहरू केशव भट्टराई र डम्बर कार्कीको उपस्थित रहेको महासंघ कोशी प्रदेशका सदस्य गणेश गौतमले जनाएका छन् ।
बैठकमा वरिष्ठ कृषि वैज्ञानिक हिमाल तिम्सिना, कृषि तथा भुमिसुधार प्रदेश बिभाग प्रमुख अञ्जना राई समेतको उपस्थिति रहेको थियो । अञ्जना राईले नेपालमा कृषिको अवस्था र भावि रणनीतिका बिषयमा प्रकाश पारेकी थिइन । त्यसैगरी कृषि वैज्ञानिक हिमाल तिम्सिनाले किसानहरूलाई जस्तासुकै सहयोग गर्न तयार रहेको बताएका थिए ।
बैठकमा नेपाल कृषि प्रधान देश रहेको र परम्परादेखि मुलुकको आर्थिक एवं सामाजिक उन्नति र समग्र विकासमा ज्यादै महत्वपूर्ण एवंम संवेदनशील स्थान ओगट्दै आएको कृषि क्षेत्रको संरक्षण, सम्वर्द्धन मार्फत राष्ट्र निर्माण गर्ने गहन जिम्मेवारी बोकेका बहुसख्यक कृषकहरू र कृषि पेशा अझ पनि राज्यको मूलधारमा आउन नसकेकोमा चिन्ता ब्यक्त गर्दै विभिन्न १२ बुँदामा छलफल गरि निर्णय समेत गरिएको प्रदेश अध्यक्ष राजेन्द्र भट्टराईले नेपालबहस डटकमलाई बताएका छन् ।
बैठकमा कृषकवर्ग र किसानको हकअधिकार प्राप्ति र रक्षाका लागि वहस पैरवी र नेतृत्व गर्न कृषक समूहलाई संगठित गराउंदै सेवा प्रदायक निकायहरूमा किसानको पहुंचमा वृद्धि गरी दिगो तथा आत्मनिर्भरमुखी उत्पादन मार्फत राष्ट्रिय उत्पादकत्वमा टेवा पुर्याउन महासंघ सधै कृयाशिल रहने बताउँदै बैठकमा वर्गीकृत किसान परिचयपत्रको व्यवस्था गरी बर्गिकरणको आधारमा सेवा सुविधा प्रदान गरि महामारीको रुपमा फैलिएको लम्पी स्कीन रोगको रोकथामको तदारुकताका साथ प्रबन्ध गर्दै विगतमा भएको क्षतिको आधारमा किसानहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरिएको समेत जनाएको छ ।
बैठकमा कृषि ऐन निर्माण तथा कार्यान्वयन गरि कृषि अनुदानलाई बर्गिकृत कोटा निर्धारण गरी चुस्त पारदर्षि र समय सापेक्ष बनाउदै सम्पूर्ण कृषि उत्पादनको समर्थन मूल्य निर्धारण गरी कृषि उत्पादनको बजार सुनिश्चतगर्न सरकारलाई दवाव दिन विभिन्न कार्यक्रम चलाउने निर्णय गरिएको समेत महासंघका प्रदेश सहसचिव केदारमान पौडेलले बताएका छन् ।
त्यसैगरी बैठकमा नेपाल भारत खुल्ला सिमाबाट अवैध रुपमा हुने कृषि उपजको ओसारपसार बन्द गरी विदेशी कृषि उत्पादन आयत गर्दा परिक्षण गरेर मात्र आयत गर्न विश्वासिलो सरकारी संयन्त्रको निर्माण गरि रासायनिक मल खाद्य अभावको स्थायी समाधानका लागि पशुपालनमा अनुदान अर्गानिक उत्पादनलाई प्रोत्साहन र प्रदेशमा रासायनिक मल कारखानाको स्थापना गर्न सरकारलाई दवाव दिने महासंघ कोशी प्रदेशले जनाएको छ ।
आजको बैठकमा कृषि ज्ञानकेन्द्रलाई किसान सहयोग केन्द्रको रुपमा रुपान्तरण बिस्तार तथा व्यवस्थापन गरी यथेष्ट रुपमा सहज र सुलभ कृषि प्राविधिक सहयोगको सुनिश्चतता कायम गराउँदै भुमिहिन सुकुम्बासी अव्यवस्थित बसोवास गर्ने सबैलाई अबिलम्व जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न समेत दवाव दिने निर्णय गरेको छ । त्यसैगरी बैठकमा कृषिमा युवा कार्यक्रम सञ्चालन गरि उत्पादनमुखी र आत्मनिर्भर कृषि उत्पादनमा जोड दिनुपर्ने कुरा निर्णय भएको महासंघले जनाएको छ ।
नगदे बाली जस्तै चिया कफी, अलैची, सुपारी जडिबुटीहरू तथा अन्य कृषि उत्पादनहरू बिक्रीको लागि किसानहरूलाई स्वायतता प्रदान गरियोस् भन्दै बैठकमा उत्पादक किसान र ठूला व्यापारी बीचको कारोबार गर्ने बिचौलियाहरुले लिने नाफा मार्जिनमा सरकारले नियन्त्रण वा सीमा निर्धारण गराउन पहल गरोस् भन्दै राष्ट्रिय भू उपयोग नीति वैज्ञानिक तथा आधुनिक ढंगले नियन्त्रण गर्ने कार्य योजना बनाउन समेत सरकारलाई अनुरोध गर्ने निर्णयहरू गरेको महासंघ मोरंङ जिल्ला अध्यक्ष वसन्त हुमागाँईले बताएका छन् । नेपाल किसान महासंघ कोशी प्रदेश सचिव भविन खड्काले सञ्चालन गरेको बैठकमा उपाध्यक्ष भगिरथ शर्मा सुवेदीकी स्वागत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
कोशी प्रदेशमा पनि बन्यो दुई दलीय संयन्त्र
कात्तिक २८, २०८१ बुधबार
मानव बेचबिखनको अनुसन्धानबाट जोगिन पूर्वमन्त्री अधिकारीका चलाखीपूर्ण हर्कत
कात्तिक २४, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
‘गौतम बुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौं’
मंसिर १, २०८१ शनिबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
तीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार