समयमा काम सम्पन्न नगर्ने १४ निर्माण कम्पनी कालोसूचीमा
नेपालबहस संवाददाता
मंसिर २५, २०८० सोमबार १०:३०:४३
२५ मंसिर, काठमाडौं । सरकारले तोकिएको काम समयमा नै सम्पन्न नगर्ने १४ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरुले लेखी पठाएको आधारमा १२ कम्पनीहरूलाई कालोसूचीमा राखेको हो ।
ती कम्पनीहरु ३ वर्षदेखि १ वर्षसम्म कालोसूचीमा परेका छन् । कालो सूचीमा परेकाहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार उक्त कम्पनीहरुलाई कालोसूचीमा राखेको हो ।
इलाम नगरपालिकाको सिफारिसमा वावरी निर्माण सेवालाई १ वर्ष ६ महिनाको लागि कालोसूचीमा राखिएको छ । त्यस्तै, सडक डिभिजन दाङको सिफारिसमा नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवालाई पनि दुई वर्ष कालोसूचीमा राखिएको छ ।
रतुवामाई नगरपालिकाको सिफारिसमा गोलबजार– सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखेको छ । त्यस्तै सडक विभाग योजना तथा अनुगमन शाखा ललितपुरको सिफारिसमा त्रिवेणी निर्माण सेवालाई दुई वर्ष कालोसूचीमा राखेको छ ।
त्यस्तै, प्रान्जल, रोहित, पारस, रुमानी निर्माण सेवालाई १ वर्षको लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ । पाँचथरको कमल कन्स्ट्रक्सन, बाँकेको अनामिका कन्स्ट्रक्सन, कोहालपुर बाँकेको भावेश कन्स्ट्रक्सन, काठमाण्डौं, टेकुको ऊर्जा–कृशभ मस्ट जेभीलाई १ वर्ष ६ महिनाको लागि कालोसूचीमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
बदलिँदै दुर्गमको परिचय
मंसिर ११, २०८१ मंगलबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार