पुर्णेन्दुले घोषणा गरे रोमान्टिक ड्रामा
नेपालबहस संवाददाता
मंसिर २५, २०८० सोमबार ११:५८:१७
२५ मंसिर, काठमाडौं । फिल्म ‘संरक्षण’ मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक पुर्णेन्दु झाले ‘चौका दाउ’ पछि तेस्रो फिल्मको तयारीमा जुटेका छन् । पाँचवर्षको विश्राम पश्चात उनले नयाँ फिल्म रोमान्टिक ड्रामाको तयारीमा जुटेका हुन् । वर्किङ टाइटल ‘पिजे ३’ (एव्घ) राखिएको फिल्म घोषणा गर्दै उनले प्रेम कथालाई राधा र रुक्मिणीको माध्यमले व्यक्त गर्ने बताए ।
‘यो युवापुस्ताको प्रेम कथा हो । यसमा राधा र रुक्मिणी दुवैको व्यक्तित्वसँग पात्र प्रभावित हुनेछन् । यसलाई एक वाक्यमा प्रेम, समर्पण र इर्ष्या भन्न सकिन्छ’, निर्देशक झाले भने । उनले आउँदो वर्ष सन् २०२४ मै फिल्मको छायांकन गरेर सोही वर्ष हलमा प्रदर्शन गर्ने तयारी गरिएको जानकारी दिए ।
कजेल अफ फिल्म स्टडीजको पहिलो ब्याचको रुपमा परिचित निर्देशक झाले सर्ट फिल्म ‘अपवाद’ मार्फत निर्देशकीय यात्राको सुरुआत गर्दा नै सम्भावना बोकेको निर्देशकको रुपमा चित्रण गरिएको थियो । त्यसैले उनले तेस्रो फिल्ममार्फत परिपक्कता देखाउनु पर्ने बुझेका छन् ।
‘फिल्ममार्फत उठान गर्न लागेको विषयसँग धेरैले रिलेट गर्नु हुन्छ भन्ने लागेको छ । यसलाई हतार नगरी आफ्नो तरिकाले निर्माण गर्ने तयारीमा छु । यसको स्क्रिप्टमै दुई वर्ष भन्दा बढी समय खर्चिएको छु’, निर्देशक झाले भने ।
हाल उनले टाइटल समेत घोषणा नगरेर थिम पोस्टर मात्र सार्वजनिक गरेका छन् । उक्त पोस्टरमा प्रयोग गरिएका शब्द र कलरले आफ्नो कथाको आभाष दिने उनको भनाई छ । नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण हुने फिल्म नेपालको कम्पनि पुर्णेन्दु प्रोडक्सन्स र भारतीय एक कम्पनिसँगको सहकार्यमा निर्माण हुने जानकारी निर्देशक झाले दिए ।
उनले भने, ‘अघिल्ला दुई फिल्म निर्देशनको सिकाईमार्फत प्राप्त गरेको अनुभवलाई नयाँ चलचित्रमा प्रयोग गर्दैछु । किनकि यसपटक आम दर्शकलाई मन पर्ने फिल्मी कथा तयार भएको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’
मंसिर २१, २०८१ शुक्रबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’
मंसिर २७, २०८१ बिहिबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार