कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने हमासको चेतावनी
नेपालबहस संवाददाता
मंसिर २५, २०८० सोमबार १६:१:२०
२५ मंसिर, काठमाडौं । हमासले कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धकले उक्त क्षेत्र नछोड्ने चेतावनी दिएपछि इजरायलले सोमबार दक्षिणी गाजाको मुख्य शहरमा बमबारी गरेको छ ।
हमासले गत अक्टोबर ७ मा इजरायलमाथि घातक आक्रमण गरी एक हजार २०० जनाको ज्यान लिएको र करिब २४० जनालाई गाजामा बन्धक बनाएको इजरायली तथ्याङ्कले देखाएको छ ।
बदलामा इजरायलले हमासबिरूद्ध चलाएको कारबाहीमा गाजाको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ भने करिब १८ हजार जनाको ज्यान लिएको हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायली सेनाले गाजा पट्टीमा गरेको आक्रमणमा परी दर्जनौं व्यक्तिको मृत्यु भएको र इजरायली सेनाले गाजाबाट इजरायलतर्फ रकेट प्रहार गरेको मन्त्रालयले सोमबार जनाएको छ ।
एएफपी संवाददाताका अनुसार इजरायलले सोमबार मुख्य दक्षिणी शहर खान युनिसमा आक्रमण गरेको छ भने प्यालेस्टाइनी लडाकू इस्लामिक जिहादले इजरायली सेनाले सुरुङको खाडल खोजी गरिरहेको एउटा घरलाई विस्फोट गराएको बताएको छ ।
हमासले आइतबार चेतावनी दिँदै भनेको छ, “इजरायलले आफ्ना कैदीहरूलाई आदानप्रदान र वार्ता बिना जीवितै प्राप्त गर्ने सम्भावना रहने छैन ।” इजरायलले गाजामा अझै पनि १३७ जना बन्धक रहेको बताएको छ भने अधिकारकर्मीहरूले करिब सात हजार प्यालेस्टिनी इजरायली जेलमा रहेको बताएका छन् ।
महिनौँदेखिको भीषण बमबारी र झडपका कारण गाजाको स्वास्थ्य प्रणालीमा व्यापक प्रभाव परेको छ । अधिकांश अस्पतालहरू सञ्चालनमा छैनन् र करिब २० लाख मानिस विस्थापित भएका छन् ।
गाजा शहरको अल–शिफा अस्पतालको बमबारी गरिएको भग्नावशेषको भ्रमण गरेको थियो र गत महिना इजरायली सेनाले बमबारी गरेको गाजा शहरको अल–शिफा अस्पतालमा छापा मारेपछि कम्तीमा ३० हजार मानिसहरू भग्नावशेष वरपरका क्षेत्रमा एकत्रित भएका छन् ।
“हाम्रो जीवन जीवित नरक भएको र प्यालेष्टिनीहरू बिजुली, पानी, खाद्यान्न र औषधिविहिन बनेको छ,” ३८ वर्षीय मोहम्मद दलौलले भने । संयुक्त राष्ट्रसङ्घका अनुसार गाजाका २४ लाख जनसंख्यामध्ये १९ लाख मानिस आफ्नो घरबाट विस्थापित भएका छन्। इजरायलले मानिसहरूलाई दक्षिणमा शरण लिन आग्रह गरेको छ । मानवीय सहयोगका लागि समन्वय गरिरहेका संस्थाहरूले इजरायललाई द्वन्द्वमा नागरिकहरूको अधिक सुरक्षाको लागि दबाब दिइरहेका छन् ।
गैरलडाकूको मृत्यु कम गर्न इजरायली सेनाले प्रयोग गरेको म्यापिङ सफ्टवेयरलाई अपर्याप्त भन्दै प्यालेस्टाइनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय मानवीय संयोजक लिन हेस्टिङ्सले आइतबार निन्दा गरेका छन् । उनले भने, “कुनै पनि शक्तिले एकतर्फी रूपमा पूर्वाधार, खाद्यान्न, पानी, स्वास्थ्य सेवा वा सरसफाइ नभएको जमिनलाई ‘सुरक्षित क्षेत्र’ भनेर घोषणा गर्नुको अर्थ उनीहरू सुरक्षित छन् भन्ने होइन ।”
संयुक्त राष्ट्रसङ्घको मानवीय निकाय 'ओसीएचए'का अनुसार गाजाका ३६ अस्पतालमध्ये १४ वटा मात्र पूर्ण क्षमतामा सञ्चालनमा छन् ।हमासले गत अक्टोबर ७ मा इजरायलमाथि घातक आक्रमण गरी एक हजार २०० जनाको ज्यान लिएको र करिब २४० जनालाई गाजामा बन्धक बनाएको इजरायली तथ्याङ्कले देखाएको छ ।
बदलामा इजरायलले गाजापट्टीका क्षेत्रमा गरेको आक्रमणमा अधिकांश भाग भग्नावशेषमा परिणत हुनुका साथै करिब १८ जनाको ज्यान लिएको हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलन मस्कलाई ट्रम्पले दिए महत्त्वपूर्ण जिम्मेवारी
कात्तिक २८, २०८१ बुधबार
बेलायतले सन् २०३५ सम्ममा हरित गृह ग्यास उत्सर्जनमा ८१ प्रतिशतले कटौती गर्ने
कात्तिक २७, २०८१ मंगलबार
व्यायाम गरिरहेका व्यक्तिलाई कारले ठक्कर दिँदा ३५ जनाको मृत्यु, दर्जनौँ घाइते
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
एलन मस्कलाई ट्रम्पले दिए महत्त्वपूर्ण जिम्मेवारी
कात्तिक २८, २०८१ बुधबार
प्रधानमन्त्री ओली जुम्ला जाँदै
कात्तिक २८, २०८१ बुधबार
सहकारी ठगीमा रविको इन्कारी बयान, रकम कसले र कसरी लग्यो मलाई थाहा छैन !
कात्तिक २८, २०८१ बुधबार
यु–१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज युएईसँग खेल्दै नेपाल
कात्तिक २८, २०८१ बुधबार
वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा
कात्तिक २८, २०८१ बुधबार
बाँकेमा कोदोखेतीको सफल परीक्षण
कात्तिक २८, २०८१ बुधबार