एमालेले एकल बहुमत पाएन भने नेपाल समृद्ध हुँदैन: ओली
नेपालबहस संवाददाता
मंसिर २५, २०८० सोमबार १६:३६:१
२५ मंसिर, खाडीचौर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन् । सोमबार मध्यपहाडी संकल्प यात्राको क्रममा सिन्धुपाल्चोकको खाडीचौरमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले पार्टीले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने स्पष्ट देखिएको बताए ।
उनले अब एमाले फेरि उठेर देशको लोकप्रिय पार्टी बनेको भन्दै अब लोकप्रिय मात्रै नभएर बहुमत सहितको सरकार बनाएर बलियो शक्ति बन्ने बताए । उनले अब कुनै भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि पार्टी पंक्तिलाई अगाडि बढ्न आग्रह गरे ।
ओलीले देश विकास र दिगो रक्षाको लागि देशभक्त, सुशासन, शान्ति, विकासप्रेमी र जनताका समस्या हेर्न एमालको एकल बहुमतको सरकार बन्न आवश्यक रहेको बताए । उनले एमालेलाई आन्तरिक र बाह्य शक्तिहरू मिलेर सरकारबाट हटाए र पार्टी फुटाए पनि पार्टीलाई कमजोर पार्ने सपना पूरा नभएको बताए ।
ओलीले भने, ‘सरकारमा भएको बेलामा दुनियाँले रोक्दारोक्दै पनि एमालेले गरेका कामबाट स्पष्ट हुन्छ कि अब यो देशमा कुनै वैकल्पिक शक्ति छैन । एमालेलाई आन्तरिक र बाह्य शक्तिहरू मिलेर सरकारबाट हटाए । हाम्रो पार्टी फुटाए । पार्टीलाई कमजोर पार्ने मात्रै होइन धुलो चटाउँछौं र भित्तामा टासिदिन्छौं भने पार्टी चक्नाचुर हुन्छ भने तर त्यो उनीहरूको सपना थियो । एमाले फेरि उठेर देशको लोकप्रिय पार्टी बनेको छ । अब लोकप्रिय पार्टी मात्रै भएर पुगेन । यस लोकप्रिय र देशभक्त, सुशासन, शान्ति, विकासप्रेमी र जनताका समस्या हेर्ने पार्टीको एकल बहुमतको सरकार नभइ देशलाई स्थायी रुपमा दिगो रुपमा रक्षा गर्न र अगाडि बढाउन सकिँदैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार