क्यानडामा रहेका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने
नेपालबहस संवाददाता
मंसिर २६, २०८० मंगलबार १४:२९:२१
२६ मंसिर, काठमाडौं । क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने भएका छन् । यसअघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुविधालाई बढाएर क्यानडा सरकारले फुल टाइम अर्थात् बढीमा ४० घण्टाको अवसर दिएसँगै क्यानडा जाने विद्यार्थीहरूको आकर्षण झनै बढेको छ । यो सुविधा क्यानडामा ७ डिसेम्बर २०२३ भन्दा अगाडि आवदेन दिएका विद्यार्थीहरूका लागि हो।
विदेशबाट अध्ययन गर्न क्यानाडा गएका विद्यार्थीहरूले थप चार महिना अर्थात अप्रिल २०२४ सम्म २० घण्टा भन्दा धेरै समय काम गर्न सक्ने सरकारले घोषणा गरेसँगै विद्यार्थीहरुमा उत्साह थपिएको छ । क्यानाडाका अध्यागमन, शरणार्थी र नागरिकतासम्बन्धि मन्त्री मार्क मिलरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सत्र चलिरहेको अवस्थामा पनि प्रति हप्ता २० घण्टा भन्दा बढी काम गर्न अनुमति दिने जनाइएको छ ।
क्यानाडाको अध्यागमन मन्त्रीमा मार्क मिलरले क्युबेकबाट संसदमा प्रतिनिधित्व गर्छन्। उनी मन्त्री बनेसँगै क्यानाडामा आप्रवासी भित्र्याउने कार्यक्रमहरू प्रभावकारी रुपमा लागू गरिँदै आएको मानिन्छ। गत वर्षको नोभेम्बर १५ देखि दिइएको यस्तो अनुमति यही डिसेम्बर ३१ देखि समाप्त हुने भएकाले विद्यार्थीहरूले अत्यन्त चासोका साथ सरकारको यो नीतिको प्रतीक्षा गरिरहेका थिए। पहिले नै क्यानाडामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू वा डिसेम्बर ७, २०२३ सम्ममा अध्ययन अनुमतिका लागि आवेदन दिएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले २० घण्टा भन्दा धेरै समय काम गरेर खर्च जुटाउन सक्ने यो अवसरका कारण विद्यार्थीहरूमा एक खालको उत्साह भरिएको काठमाडौँको नयाँ बानेश्वरमा अवस्थित गोरेटो कन्सलटेन्सीका सीईओ धिरज कँडेल बताउँछन् ।
अन्तराष्ट्रिय विद्यार्थीहरू क्यानडामा रहुञ्जेल आर्थिक हिसाबले कुनै समस्या नहोस् भन्ने उद्देश्यले क्यानडाले विद्यार्थीहरुलाई त्यहाँको बसाई अर्थपूर्ण बनाउनका लागि यस्तो नयाँ नियम ल्याइएको कँडेलको भनाई छ । जसका कारण उनीहरुको आर्थिक स्तरदेखि सबै कुरामा सहज हुनेछ । जीवन यापनको लागत चुलिएका बेला यो घोषणाले विद्यार्थीलाई अस्थायी राहत दिने गोरेटोका अर्का सिनियर काउन्सलर प्रकाश रेग्मी बताउँछन् ।
अध्यागमन मन्त्री मार्क मिलरले ज्यानुअरि २०२४ बाट लागु हुनेगरी अध्ययन अनुमतिका लागि आवेदन दिने अन्तरास्ट्रिय विद्यार्थीहरूले वार्षिक २० हजार ६३५ क्यानाडियन डलर बराबरको पैसा बस्न तथा खानको लागि विनियोजन गर्न सिफारिस गरेका छन्। रेग्मीका अनुसार बढ्दो जीवनयापन लागतलाई मध्यनजर गर्दै उक्त रकमको बन्दोबस्त गरी जाँदा क्यानाडाको बसाइ सफल, सुखद र झन्झटरहित हुने बताए ।
यो घोषणासँगै विद्यार्थीका सामु थप आम्दानीको श्रोत देखाउनुपर्ने चुनौती पनि थपिएको अर्का सिनियर काउन्सलर शतिष भट्ट बताउँछन् । भट्टका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूले क्यानडाको जीवनयापनको वास्तविक लागत बुझ्नको लागि र जीवनयापन गर्न लाग्ने वास्तविक खर्चको सीमालाई परिमार्जन गर्ने सरकारको निर्णयले विद्यार्थीकै हित हुन्छ । गोरेटोका सिइओ तथा सिनियर काउन्सलर धिरज कँडेल भन्छन् यी दीर्घकालीन परिवर्तनहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आर्थिक रूपमा कमजोर अवस्था र शोषणबाट जोगाएर समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा नै डोर्याउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतातो हावा चल्न थालेपछि बुटवलका विद्यालय दुई दिन बन्द
बैशाख २०, २०८१ बिहिबार
दाङको तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण
बैशाख १८, २०८१ मंगलबार
सर्लाहीका पाँच पालिकाका विद्यालयले अझै पाठ्यपुस्तक वितरण गरेनन्
बैशाख १५, २०८१ शनिबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
मटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
आज कोशी र गण्डकीका केही स्थानमा हुरीबतासको सम्भावना
बैशाख २१, २०८१ शुक्रबार
हराएका शताब्दीऔँ पुराना २४ वटा मूर्ति हवाइबाट नेपाल पठाइयो
बैशाख २१, २०८१ शुक्रबार
सधैँ भाइरल रहने 'भेलुबाजे' को निधन
बैशाख २१, २०८१ शुक्रबार
नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह
बैशाख २१, २०८१ शुक्रबार
सुनको मूल्य एघार सयले घट्यो, प्रतितोला कति ?
बैशाख २१, २०८१ शुक्रबार
वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध
बैशाख २१, २०८१ शुक्रबार