पहिचानवादी समूहका कार्यकर्ताद्वारा कोशीका मुख्यमन्त्री कार्की चढेको गाडीमाथि आक्रमण, कार्की सकुशल
नेपालबहस संवाददाता
मंसिर २६, २०८० मंगलबार १४:३५:५४
२६ मंसिर, काठमाडौं । पहिचानवादी समूहका कार्यकर्ताले कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण गरेका छन् । मंगलबार झापामा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि कार्की सवार गाडीमा ढुंगा प्रहार गरिएको हो ।
कार्की सकुशल छन् । इलाका प्रहरी कार्यालय दमकका डीएसपी मनोज लामाले घटनामा संलग्नको खोजी सुरु गरिएको जानकारी दिए । ढुंगा लागेर मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको छ ।
एउटा समूहले कालो झन्डा देखाउँदै गर्दा केही ‘स्लो’ भएको गाडीमा अर्को ‘ग्रुप’ले अलि पर पुगेपछि ढुंगा हानेको बताइएको छ । जनता समाजवादी पार्टी (जसपा)का झापा अध्यक्ष दिपेनवाला राईले आफूहरूले मुख्यमन्त्रीलाई कालो झन्डा देखाउने कार्यक्रम पहिल्यै सार्वजनिक गरेको बताए ।
उनले पहिचानविरोधी कोसी प्रदेश नामकरण पारित गराउन हस्ताक्षर गर्ने सांसद तथा दलविरुद्ध हाम्रा पूर्वघोषित कार्यक्रमअनुरूप नै कालो झन्डा देखाएको बताए । कार्यक्रममा नआउन भनेर आफूहरूले पहिल्यै सचेत गराएको उनको भनाइ छ ।
प्रदेश नम्बर–१ पुनः नामकरण समितिले कोसी प्रदेशको पक्षमा मतदान गर्ने ८२ सांसदलाई बहिष्कार गर्ने यसअघि नै घोषणा गरेको थियो । उनीहरू सार्वजनिक कार्यक्रममा सहभागी हुन आए प्रतिरोध गरिरहने अध्यक्ष राईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार