‘यु–१९’ एकदिवसीय विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो !
इन्द्र रिजाल
बैशाख ५, २०७६ बिहिबार २१:११:३२
काठमाडौं । आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी उन्नाइस वर्षमुनि ‘यु–१९’ एकदिवसीय विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो भएको छ ।
मलेसियामा जारी एशिया छनोटअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स ‘युएई’ले ओमानलाई १० विकेटले पराजित गरेपछि नेपालको विश्वकप खेल्ने सपनामा पूर्णविराम लागेको हो ।
छनोट खेलमा सिङ्गापुरविरुद्धको पहिलो खेलबाट राम्रो सुरुआत गरेको नेपालका लागि युएईविरुद्धको दोस्रो खेलमा हार बेहोर्नु नै विश्वकप खेल्न नपाउनुका प्रमुख कारण बन्न पुग्यो । वर्षाका कारण खेल सम्भव नभएपछि डकवर्थ लुइसका आधारमा नेपाल एक रनको झिनो अन्तरले युएईसँग पराजित भएको थियो । जसको नतिजाबाट नेपालको विश्वकप खेल्ने सपना अधुरो नै रह्यो ।
नेपालले पहिलो खेलमा सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो भने मलेसियालाई आठ तथा ओमनलाई १५० रनले पराजित गरेको थियो । जारी खेलमा नेपालले कुवेतलाई पराजित गरे पनि नेपाल विश्वकपमा सहभागिता जनाउन पाउने छैन । विश्वकपमा छनोट हुन नेपाललाई कुवेतविरुद्ध जित र युएईको हार आवश्यकता रहेको थियो तर, युएईको जितसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो ।
उक्त छनोट प्रतियोगिताको शीर्ष एक टोलीले मात्र विश्वकपमा स्थान बनाउने प्रावधान छ । जसमा युएई प्रवेश गर्न सफल भयो । यसअघि सातपटक विश्वकप खेलिसकेको नेपाल आठौँ पटक प्रवेशका लागि युएईसँगको खेल घातक सावित भयो । जितसँगै युएईले अब सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा सहभागिता जनाउनेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपभारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
ललितपुर मेयरर्स कपको फाइनलमा आज एपीएफ र सुदूरपश्चिम भिड्दै
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार