शेयरको ‘लक इन’ अवधि सकिनु एक महिना अगावै जानकारी गराउन बोर्डको निर्देशन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २६, २०८० मंगलबार १९:३५:३३
२६ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजीबजारमा कारोबार हुने शेयर रोक्का अवधि 'लक इन पिरियड' सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन दिएको छ । बोर्डले सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड 'नेप्से', सिडिएस एन्ड क्लियरिङ लिमिटेड र नेप्सेमा सूचीकृत सबै सङ्गठित संस्थालाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको बोर्डका उपकार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरीले जानकारी दिए ।
नेप्सेमा सूचीकृत संस्थाका संस्थापक तथा स्थानीय प्रभावित शेयरधनीले निश्चित अवधिपछि मात्रै दोस्रो बजारमा शेयर कारोबार गर्न पाउँछन् । यसरी कारोबार रोक्का हुने अवधिलाई ‘लक इन पिरियड’ भनिन्छ । बोर्डको सोमबारको निर्देशनअनुसार अब ‘लक इन पिरियड’ खुल्नु एक महिना अगावै त्यसको जानकारी दिनुपर्नेछ । “सम्पूर्ण सूचीकृत सङ्गठित संस्थाले संस्थापक समूह तथा अन्य समूहको शेयर बिक्री गर्न नपाइने गरी तोकिएको ‘लक इन पिरियड’ समाप्त हुनुभन्दा कम्तीमा तीस दिन अगाडि लगानीकर्ता एवं सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउनुपर्नेछ”, बोर्डको निर्देशनमा भनिएको छ ।
‘लक इन’सम्बन्धी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न र सर्वसाधारण लगानीकर्तालाई समेत त्यसको जानकारी हुने व्यवस्था गर्न आवश्यक देखिएकाले यस्तो निर्देशन दिइएको बोर्डले जनाएको छ । सङ्गठित संस्थाले ‘लक इन पिरियड’ खुल्ने अवधिबारे धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई जानकारी दिनुपर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकारोबारको पहिलो दिन नेप्से आज १७ अङ्कले घट्यो
असार २, २०८१ आइतबार
खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने
जेठ ३१, २०८१ बिहिबार
नेप्सेमा आज सामान्य अङ्कको वृद्धि, कारोबार ५ अर्ब ८९ करोडमाथि
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार