टिकटक प्रतिबन्धविरुद्धको रिटमाथि सुनुवाइको सम्भावना न्यून
नेपालबहस संवाददाता
मंसिर २७, २०८० बुधबार १२:५८:३०
२७ मंसिर, काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध दायर रिट न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ । अधिवक्ता अनन्तराज लुइटेल, फर्सुराम पाण्डे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
ती रिटहरूमाथि मंसिर ५ गते विपक्षी नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण लगायतको नाममा कारण देखाऊ आदेश जारी भए पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । मंसिर १९ गतेको पेशी तोकिएकामा उक्त दिन हेर्न नभ्याउनेमा परेको थियो ।
त्यसपछि बुधबारका लागि न्यायाधीशद्वय ढुङ्गाना र श्रेष्ठको इजलासमा पेसी तोकिएको भए पनि उक्त रिट अन्तिममा रहेको कारण बुधबार पनि हेर्न नभ्याउनेमा पर्ने सम्भावना बढी छ । टिकटक प्रतिबन्धविरुद्ध १४ जनाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । तर, आज सुनुवाको सम्भावना कम रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार