रामायणको छायांकन २०२४ को गर्मीबाट सुरु हुने, रामको भूमिकामा रणवीर कपूर
नेपालबहस संवाददाता
मंसिर २७, २०८० बुधबार १४:२०:४०
२७ मंसिर, काठमाडौं । नितिश तिवारीको निर्देशनमा बन्ने बलिउड फिल्म रामायणको छायांकन २०२४ को गर्मीबाट सुरु हुने भएको छ । यो फिल्ममा रणवीर कपूर रामको भूमिकामा देखिनेछन् भने साई पल्लवी सीताको भूमिकामा देखिने अपेक्षा गरिएको छ ।
ओस्कार विजेता कम्पनीले फिल्मको लागि भिएफएक्स डिजाइन गरिरहेको छ । केही समय अघि, पिंकभिलाको रिपोर्टले नितेश तिवारी र उनको टोली रामायणको संसारलाई पर्दामा उत्कृष्ट तरिकाले ल्याउनको लागि कडा तयारी गरिरहेको बताएको थियो। फिल्मको भिएफएक्स डिजाइन ओस्कर विजेता कम्पनीले गरिरहेको छ ।
तमिल अभिनेत्री साई पल्लवी सीताको भूमिकामा देखिनेछिन् । नितिश तिवारीले यस फिल्ममा माता सीताको भूमिकाका लागि तमिल अभिनेत्री साई पल्लवीलाई कास्ट गर्ने निर्णय गरेका छन् । यो फिल्मबाट नायिकाले बलिउडमा डेब्यु गर्न लागेकी हुन् ।
यसअघि माता सीताको भूमिकामा दीपिका पादुकोण र त्यसपछि आलिया भट्टलाई कास्ट गर्ने चर्चा थियो । यद्यपि निर्देशकले आलिया भट्टलाई यो भूमिका कहिल्यै प्रस्ताव गरेनन्। फिल्ममा केजीएफ फेम यश रावणको भूमिकामा देखिनेछन् ।
रामायणमा आदिपुरुष विवादको प्रभाव
दंगल, छिछोरे जस्ता चलचित्र निर्देशन गरेका नितेश तिवारीले चलचित्र रामायण निर्देशन गर्ने भएका छन् । यसअघि यो फिल्म मधु मन्टेना, नमित मल्होत्रा र अल्लु अरविन्दले निर्माण गरेका थिए तर आदिपुरुषको विवादका कारण रामायणमा आधारित फिल्म नमित मल्होत्रा र अल्लु अरविन्दले फिल्म छाडेका थिए । अहिले यो फिल्म मधु मन्टेनाले मात्र निर्माण गर्दैछन् ।
सनी देओल हनुमानको भूमिकामा
केही समयअघि सनी देओल फिल्म रामायणमा भगवान हनुमानको भूमिकामा देखिने खबर पनि आएको थियो । सन्नीको लुक्सलाई ध्यानमा राखेर निर्माताले उनलाई यो भूमिकाका लागि भनेकाे स्रोतले बताएको छ । यद्यपि यस विषयमा निर्माता पक्ष वा सन्नीले कुनै पनि आधिकारिक घोषणा गरेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार