नेपालमा भएको अवसर छाडेर विदेशमा हन्डर खाइरहेका छन नेपाली युवाः प्रधानमन्त्री
नेपालबहस संवाददाता
मंसिर २७, २०८० बुधबार १४:४०:२१
२७ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा केही अवसरै छैन भनेर अनाहकमा नेपाली युवाहरूले विदेश गएर हन्डर खाइरहेको टिप्पणी गरेका छन् । काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहलाई बुधबार धुलिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमै भएका शिक्षार र अवसरलाई प्रयोग गर्ने अपिल गरे ।
उनले नेपालमा भएका अवसरलाई वेवास्ता गरी विदेश जाने काम भएकाले उता उनिहरुले हण्डर खाने र यता, त्यसबाट सरकारलाई समस्यामा पार्ने काम भइरहेको बताए । विदेशमा नेपाली युवा समस्यामा पर्दा त्यसको असर सरकारमा पनि पर्ने उनले बताए । रुसमा पुगेका नेपाली युवाको समस्या सुल्झाउन अहिले कठिन भएको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले नेपालको अहिले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माण भएकाले नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेको बताए । रुसी सेनामा दुई सयभन्दा धेरै नेपालीहरु भर्ना भएको विषय चिन्ताजनक भएको उनको भनाइ थियो । अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ, उनले भने ।
उनले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर रहेको उल्लेख गर्दै तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिने उनको भनाइ छ । उच्च शिक्षाको सुधार र अन्तर्राष्ट्रियकरणको सवाललाई सरकारले गम्भीरतापूर्वक लिएको बताए। नीतिगत र व्यावहारिक सुधारका कुरालाई राष्ट्रिय शिक्षा नीतिमा समायोजन गर्ने हरसम्भव प्रयास रहेको बताए ।’
प्रधानमन्त्रीले काठमाडौं विश्वविद्यालयबाट अहिलेसम्म दीक्षित हुनेमध्ये १२ प्रतिशत विदेशी विद्यार्थी रहनु नेपालको शैक्षिक अन्तर्राष्ट्रियकरणको ज्वलन्त उदाहरण भएको दाबी गरे । उनले अब यो शैक्षिक अन्तर्राष्ट्रियकरणको अभियानलाई थप सुदृढ र विस्तारित बनाउने उल्लेख गरे । उनले नेपालका अन्य विश्वविद्यालयबाट अध्ययन गरेर थप अध्ययन र अनुभवका लागि विदेश गएकाहरुलाई पनि ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न अनुरोध गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागमा पदाधिकारी मनोनित
कात्तिक २७, २०८१ मंगलबार
मधेशी समुदायमाथि विभेद र उपेक्षा अझै कायम
कात्तिक २६, २०८१ सोमबार
कांग्रेसका सभापति देउवा डडेल्धुरामा, अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता
कात्तिक २६, २०८१ सोमबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल
कात्तिक २६, २०८१ सोमबार
ट्रम्पद्वारा पुटिनसँग कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी
कात्तिक २६, २०८१ सोमबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
‘अनुसन्धानमा खटिएका कर्मचारीले कानुनका प्रावधान पालना गर्नुपर्छ’
कात्तिक २७, २०८१ मंगलबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
सुप्रिम सहकारीको रकम अपचलनबारे बयान लिन रवि लामिछानेलाई आज रुपन्देही लगिँदै
कात्तिक २७, २०८१ मंगलबार
तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै
कात्तिक २७, २०८१ मंगलबार
राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागमा पदाधिकारी मनोनित
कात्तिक २७, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर
कात्तिक २७, २०८१ मंगलबार