शेखरलाई संसदीय दलको नेता बनाउन गगनको प्रस्ताव
नेपालबहस संवाददाता
मंसिर २७, २०८० बुधबार १७:१०:७
२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जतिसक्दो छिटो नेता शेखर कोइरालाई संसदीय दलको नेता बनाउनुपर्ने प्रस्ताव गरेका छन् । आज बसेको संस्थापनइतरको बैठकमा उनले कोइरालालाई दलको नेता नबनाए ०८२ मा महाधिवेशन हुनै नसक्ने जिकिर गरे ।
उनले भने, ‘संसदीय दलको नेता फेर्नुपर्छ । संसदीय दलको नेता नफेरेसम्म ०८२ मा महाधिवेशन हुँदैन । संसदीय दलको नेता बन्नुपर्छ भन्ने छैन । शेखर कोइरालाई नै संसदीय दलको नेता बनाउनेतिर लागौँ ।’ अब जतिसक्दो छिटो शेखर कोइरालालाई संसदीय दलको नेता बनाउनतिर लाग्नुपर्ने उनको भनाइ छ । उनले आफू समूहमा बफादार रहेको पनि बताएका छन् ।
समूहप्रति पूर्ण बफादार छु र शेखर दाइलाई नेता मान्ने र बनाउने कुरामा म जस्तो त्याग गर्न तयार छु, उनले बैठकमा भने, म र शेखर दाइको बीचमा कुनै मनमुटाव छैन भनेर कति भन्ने ? साथीहरूले धेरै खेल्दिनुभएन ।
आजको कांग्रेसको संस्थापनइतर पक्षको बैठक सकिएको छ । सभापति शेरबहादुर देउवालाई विधानको पालना गर्दै अघि बढ्न दबाब बढाउने निष्कर्षसहित बैठक सकिएको हो । बैठकमा सामूहिक निर्णयमार्फत सभापति देउवालाई ठिक बाटोमा हिँडाउने र महासमितिसहित महाधिवेशन समयमा गर्न लागि पर्ने निर्णय भए पनि धेरै समय नेता शेखर कोइराला र गगन थापाको सम्बन्धनको विषयले लियो ।
त्यही विषयमा मिडियाले चासो राखेपछि नेता कोइरालाले आफूहरूबीच मुद्दामा मतभेद नरहेको तर कार्यशैलीमा भने फरक रहेको स्वीकार गरे । एजेन्डामा महामन्त्री र मेराबीच केही पनि फरक छैन, कोइरालाले भने, “गगनजीको र मेरो उमेरमा फरक छ । यसकारण स्टाइल अफ फङ्सनिङ फरक पर्छ, त्यो स्वाभाविक हो ।” त्यसबाहेका कुनै समस्या नरहेको जिकिर उनले गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
पुष १२, २०८१ शुक्रबार
नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्ण: स्वास्थ्यमन्त्री पौडेल
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै
पुष १३, २०८१ शनिबार
१३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्पको पराकम्प
पुष १३, २०८१ शनिबार
कर्णाली नदीमा डोजर पल्टिँदा सहचालक बेपत्ता, चालकको उद्धार
पुष १३, २०८१ शनिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १३, २०८१ शनिबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार