कांग्रेस इतर समूहको भेलाः हामी एक छौँ !
नेपालबहस संवाददाता
मंसिर २७, २०८० बुधबार २०:२:१९
२७ मंसिर, काठमाडौं । निकै चर्चामा रहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहको राजधानी भेला सकिएको छ । शेखर कोइराला र गगन थापाबीचको मनमुटावलाई लिएर भेलाबारे विभिन्न चर्चाहरु गरिएका थिए । करिब एक वर्षपछि आन्तरिक समीक्षामा बसेका कोइराला र थापाले एक भएको सन्देश दिए । काठमाडौँको बत्तिसपुतलीमा बुधबार बसेको समूहको भेलामा आन्तरिक मनमुटाव, महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल भयो ।
नेता कोइरालाले बोलाएको भेलामा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति लगायत तीन दर्जन नेता सहभागी थिए । भेलामा नेताहरुले पार्टीको संस्थापन इतर पक्षलाई बलियो बनाएर जानुपर्ने मत राखे । पछिल्लो समय नेता शेखर कोइराला र महामन्त्री गगन थापाबिच देखिएको संवादहीनताका विषयमा नेताहरुले पनि चासो राखे । भेलामा महामन्त्री थापाले आफूहरुबिच छलफल नहुँदा समस्या देखिए पनि मूलभूत रुपमा आफूहरु एकै ठाउँमा रहेको बताए ।
नेता डा. शेखर कोइरालाले पार्टी महामन्त्री गगनकुमार थापासँग आफ्नो मतभेद नरहेको दाबी गरे । काम गर्ने शैली र सोचाई र उमेर फरक भएकाले फरक परेपनि पार्टीको एजेण्डामा महामन्त्री थापासँग आफ्नो कुनै फरक मत नरहेको नेता कोइरालाले भने । कोइरालाले पार्टी संसदीय बोर्डले राष्ट्रियसभा निर्वाचनका लागि मापदण्ड नै बनाएर उम्मेदवार चयन गर्नुपर्ने प्रस्ताव राखे ।
राष्ट्रियसभा निर्वाचनका लागि एउटा क्राईटएरिया बनाऊँ । जे बन्छ, संसदीय बोर्डले बनाउँ । त्यो मापदण्डलाई अगाडि सारेर जाने भन्नेछ । हाम्रो समूहको एजेण्डामा महामन्त्रीजी र मेरोमा एक इन्च पनि फरक छैन । अन्यमा एजेण्डामा हाम्रो कुनै फरक मत छैन’ कोइरालाले भने । नेता कोईरालाले पार्टीमा सुधार ल्याउनका लागि आफूहरुले निरन्तर छलफललाई अघि बढाउने धारणा पनि राखे ।
२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा कोइराला समूहबाट जितेका पदाधिकारी, हारेका नेताहरू, प्रदेश सभापतिहरू, पार्टी केन्द्रीय सदस्यहरू र सांसदहरू गरी ४५ जना बैठकमा सहभागी रहे । उपस्थित भएकामध्ये अधिकांशले सुझावसहित धारणा राखे । बैठक सुरू गर्दै नेता कोइरालाले तीन मिनेटभित्र आफ्ना कुरा राख्न आग्रह गरेका थिए ।
यसपछि सहभागीहरूले धारणा राख्न थाले । मुख्य गरी पाँच विषयमा सहभागीले धारणा राखेका थिए । राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छान्दा मापदण्ड बनाउनुपर्ने, महासमिति बैठक तोकिएको समयमै गर्नुपर्ने, समूहको बैठक कम्तीमा एक महिनामा बस्ने, १५ औं महाधिवेशनसम्म एकताबद्ध भई जाने, तल्लो
तहसम्म एकताकै सन्देश दिने, भ्रष्टाचारविरूद्ध आवाज उठाउनुपर्ने, सुशासनमा सम्झौता गर्न नहुने मुख्य एजेण्डा थिए । नेता गुरूराज घिमिरेले आन्तरिक गुट व्यवस्थापनलगायत कुरा राखेका थिए । गिरिजाबाबु, सुशीलदाका बेलामा पनि गुटभित्र असमझदारी देखा पर्दथे तर व्यवस्थापन गरी उहाँहरू अघि बढ्नुहुन्थ्यो, उनले भने, ‘व्यवस्थापन गर्ने कि यसभित्र खेल्ने सुविधा दिइरहने ?’
उनले राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार तय गर्दा पार्टीले मापदण्ड बनाउनुपर्ने बताए । ०४८ सालदेखि चुनाव लडेका, जितेका र सत्ता वरिपरि बसेकाहरूलाई नै फेरि पनि अवसर दिने हो कि पार्टीमा काम गरेका, राष्ट्रिय सभाको मर्मअनुसार काम गर्नेलाई पनि समेट्ने हो? मापदण्ड बनाउनुपर्छ,’ उनले भने । उनले संस्थापनइतर पक्षले सभापति देउवाको कार्यशैली लगायतमा प्रश्न उठान गरिरहेको तर आफूले पनि कार्यशैली सुधार गर्न नसकेको देखिएको बताए ।
शेरबहादुर दाइ र हामीबीच फरक के त ? विधान पालना, निर्णय प्रक्रिया, अवसरका वितरण, कार्यशैली र जीवनशैलीमा फरक के छ ?,’ बैठकमा घिमिरेले भने । उनले कोशीका मुख्यमन्त्री केदार कार्कीले केही दिनअघि ओखलढुंगामा दिएको अभिव्यक्तिबारे पनि प्रश्न उठान गरे । ‘एउटै मञ्चमा रहेका महामन्त्रीलाई गाली गर्ने विशेष छुट कसैलाई दिइएको छ?,’ उनले प्रश्न गरे, ‘म र महामन्त्रीमाथि गाली गरिएछ । तर मुख्यमन्त्री भएपछि उहाँले कति काम गर्नुभयो ? मन्त्रिपरिषद पूर्णता दिनुभयो ?’
नेता भूपेन्द्रजंग शाहीले पार्टी र समूहभित्रबाट पनि न्यायोचित व्यवहार हुनुपर्ने बताए । अवसर आएका बेला कुनै नेताले खल्तीबाट नाम दिने होइन, समूहमा छलफल गरेर निर्णय गरिनुपर्छ,’ उनले भने, ‘राष्ट्रिय सभा चुनाव आउँदैछ, पार्टी र समूहभित्र पनि न्यायोचित व्यवहार होस् ।’ उनले नेताहरू मिलेर जानुको विकल्प नरहेको बताए ।
नेता जगदीश्वरनरसिंह केसीले अवसर नपाएकाहरूलाई राष्ट्रिय सभामा पठाउन पहल गर्नुपर्ने र त्यसका लागि मापदण्ड तय गर्न सुझाव दिए । पटक–पटक अवसर पाएकालाई नै फेरि पार्टीले राष्ट्रिय सभामा लैजाने हो भने यो समूहले हाम्रो उपस्थिति नहुन पनि सक्छ भनेर सभापतिलाई प्रष्ट भन्न सक्नुपर्छ,’ उनले भने, ‘दुःख पाएकाहरू र संविधानको मर्मलाई बुझ्न सक्नेलाई राष्ट्रिय सभामा लैजानुपर्छ, मन्त्री भइसकेकाहरूलाई अवसर दिन हुन्न ।’
केसीले नेता कोइराला र थापाबीच असहमति देखिएका खबरले कार्यकर्तापङ्ति निराश देखिएको कुरा पनि बैठकमा राखेका थिए । ‘कोइराला र थापाको उपस्थितिमा हामी एक छौं, १५ औं महाधिवेशनसम्म एक नै भएर जान्छौं भनेर तपाईंहरूले दह्रोसँग कुरा राख्नुपर्छ,’ केसीले भने, ‘कार्यकर्तापङ्तिमा नकरात्मक सन्देश गइरहेको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार