पाण्डेले ३० लाख धरौटीमा रिहा गर्न दिएको राय कोइरालाले सदर गरेमा खाँण छुट्ने
नेपालबहस संवाददाता
मंसिर २८, २०८० बिहिबार १०:१७:२९
२८ मंसिर, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुदैछ । यसअघि दुई न्यायाधीशबीच रायबाझी भएको फाइल आज न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा परेको छ । कोइरालाले यसअघिका न्यायाधीश जनक पाण्डले दिएको रायलाई सदर गरे आज खाँण धरोटीमा रिहा हुनेछन् ।
यसअघि अरुका हकमा राय मिलेको भए पनि खाँणको हकमा दुई न्यायाधीशबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा पेस हुन लागेको हो । आज सुनुवाइ गर्नेले यसअघिका दुई मध्ये जुन न्यायाधीशको राय समर्थन गर्छन्, त्यही आदेश कार्यान्वयन हुन्छ ।
यसअघि यही मंसिर १५ गते थुनामा रहेका ६ जनालाई धरौटी र साधारण तारेखमा छोड्ने आदेश भएकोमा पूर्वगृहमन्त्री खाँणका विषयमा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा पठाउने निर्णय भएको थियो ।
उक्त निर्णयअनुसार एक न्यायाधीशको इजलासमा बहस हुनेगरी पेसी तोकिएको थियो । आजको सुनुवाइपछि एकल इजलासले दिने आदेशले नै खाँण जेलमै रहने वा धरौटीमा रिहा हुने भन्ने निर्णय गर्नेछ । अधिकांशले आज खाँण धरौटीमा रिहा हुने अनुमान गरेका छन
मंसिर १५ गतेको संयुक्त इजलासको आदेशमा न्यायाधीश पाण्डेले ३० लाख धरैटीमा रिहा हुने आदेश गरेका थिए भने अर्का न्यायाधीश खरेलले धुनामै राख्नुपर्ने आादेश राखेका थिए । त्यहीकारण आगामी आज तेस्रो न्यायाधीशको इजलासमा सहुन लागेको हो ।
गत मंसिर १५ गते उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र दुई न्यायाधीशबीच खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा राय बाझिएको थियो ।
पाण्डेले ३० लाख रुपैयाँ धरौटी राखे छाडिदिन सकिने राय दिएका थिए भने खरेलले जिल्ला अदालतको आदेश सदर गरी थुनामै बस्नुपर्ने राय प्रस्तुत गरेका थिए । न्यायाधीश कोइरालाले दिएको राय नै बहुमतको राय मानी कार्यान्वयनमा जानेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार