युटिएलसहित ३ कम्पनीको अनुमतिपत्र खारेज
नेपालबहस संवाददाता
मंसिर २८, २०८० बिहिबार ११:१५:५६
२८ मंसिर, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स नविकरण नगर्ने युटिएलसहित तीन कम्पनीले पाएको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको छ ।
प्राधिकरणले पुतलीसडक काठमाडौं ठेगाना भएको युटिएल, कोटेश्वर काठमाडौंको म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको इमेलसहितको इन्टरनेट अनुमति खारेज गरेको जनाएको छ ।
युटिएलले २०६० साल कात्तिक ५ गते, म्याक्स नेट प्रालिले २०७५ साल मंसिर ६ गते र चितवन नेटवर्क प्रालिले २०७५ साल मंसिर १२ गते इमेलसहितको इन्टरनेट सेवाको अनुमति पत्र पाएका थिए ।
नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाका अनुसार ती तीनवटै सेवा प्रदायकहरुले अनुमतिपत्र नवीकरण गरेका थिएनन् । यसैले उनीहरुको लाइसेन्स खारेज भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० मा
पुष १५, २०८१ सोमबार
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण
पुष १४, २०८१ आइतबार
नयाँ पाटी गठनमा लागेका भीम रावलले पत्रकार सम्मेलन गर्दै
पुष १७, २०८१ बुधबार
कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र
पुष १७, २०८१ बुधबार
१८ वर्षपछि सडक कालोपत्र गरिँदै
पुष १७, २०८१ बुधबार
विवाहमा पञ्चेबाजा बजाउँदै आमा समूह: राम्रो कमाई, मङ्सिर र माघमा भ्याइनभ्याइ !
पुष १७, २०८१ बुधबार
जैविक मल बनाएर २५ रुपैयाँ केजीमा बेच्दै विनयी त्रिवेणी गाउँपालिका
पुष १७, २०८१ बुधबार
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
पुष १७, २०८१ बुधबार