भ्रष्टाचारविरुद्ध राजधानीमा नेविसंघको प्रदर्शन
नेपालबहस संवाददाता
मंसिर २८, २०८० बिहिबार १२:१५:२५
२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । एकपछि अर्को बाहिर आएको भ्रष्टाचार प्रकरण र एनसेल बिक्रीविरूद्ध नेविसंघले प्रदर्शन गरेको हो । बिहीबार बिहान पद्मकन्या बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले एनसेल बिक्रीमा भएको अनियमितता छानबिनको माग गर्दै प्रदर्शन गरे ।
कर छलेर मलेसियन कम्पनी आजियाटा एनसेलबाट बाहिरिएको भन्दै नेविसंघले विरोध जनाएको हो । प्रदर्शनको क्रममा विद्यार्थीहरूले मास्क लगाएका थिए भने विभिन्न माग उल्लिखित पम्प्लेटहरू बोकेका थिए । गत मंसिर १५ गते आजियाटाले एनसेलबाट बाहिरिने निर्णय गरेको थियो। आजियाटा बाहिरिएपछि स्पेक्ट्रलाइट युके लिमिटेडले एनसेलको ८० प्रतिशत सेयर किन्ने सम्झौता गरेको थियो ।
विभिन्न राजनीतिक दलका नेताहरूले पनि एनसेल बिक्रीमा ठूलो अनियमितता भएको बताउँदै आएका छन्। सरकारले पनि यसमा छानबिन गर्न निर्देशन दिइसकेको छ । एकपछि अर्को भ्रष्टाचार प्रकरण बाहिर आएको भन्दै नेविसंघले आज प्रदर्शन गरेको हो ।
पछिल्लो समय एनसेल प्रकरण बाहिर आएको र त्यसको छानबिन समिति औपचारिकतामा सीमित भएको बताउँदै नेविसंघले खबरदारी गरेको छ । नेविसंघले कांग्रेस सरकारमै भएका बेला भ्रष्टाचार प्रकरण बाहिर आएको भन्दै नेतृत्वमाथि प्रश्नसमेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नेपाली खेल इतिहासमै एनपिएलले उघारेको सपना
पुष ८, २०८१ सोमबार
राष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार