छानबिन समितिद्वारा १४ किलो सुन प्रकरणमा त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८० बिहिबार १३:३७:४३
२८ मंसिर, काठमाडौं । १४ किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाई सुपरभाइजरलाई छानबिन समितिले नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा प्रहरीले सुपरभाइजरलाई पक्राउ गरेको हो । २१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए ।
विमानबाट ओर्लदैमा पक्राउ परेका घलेले अध्यागमनको वाथरुम गेटमा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा बाहिर निकाल्ने योजनासहित आएको अनुसन्धानबाट खुलेको थियो । घटनाबारे छानबिन गर्न विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ ।
छानबिनका लागि एकजनालाई नियन्त्रणमा लिइएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिए । चन्द्र घलेको बयानका आधारमा सुन तस्करीमा संलग्न गोरखा घर भएका मीनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
भित्री ज्याकेटमा सुन लुकाएर चन्द्र ‘निर्धक्क’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । चन्द्र घले सुनको ‘भरिया’ भएको प्रहरी र भन्सार कार्यालयका अनुसन्धान अधिकृतहरूको अनुसन्धान निष्कर्ष छ । चन्द्रले दुबईबाट सुन ल्याउँदा एक पटकमा ६० हजार पाउने गरेको अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।
दुबईबाट ल्याएको सुन आगमन कक्षको डस्टबिनमा फालेर विमानस्थलबाट बाहिर ल्याउने गरी सुन कारोबारीहरूले योजना बनाएको विमानस्थल भन्सार कार्यालयले गरेको अनुसन्धानबाट थाहा भएको छ । डस्टबिनमार्फत सुन बाहिर ल्याउन ‘सेटिङ’ मा संलग्न रहेको देखिएपछि सरसफाइ सुपरभाइजरलाई पक्राउ गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
पुष १८, २०८१ बिहिबार
तोलामा १४ सय बढेर १ लाख ५१ हजार पुग्यो सुन
पुष १७, २०८१ बुधबार
सुनको मूल्य तोलामा एक हजारले गिरावट
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार