एक महिनामै दुई पटक चिनियाँ नेताहरूको नेपाल भ्रमण, बीआरआईमा चासो
नेपालबहस संवाददाता
मंसिर २८, २०८० बिहिबार १४:६:१८
२८ मंसिर, काठमाडौं । नेपालमा एमसीसी कार्यान्वयनको चरणमा पुग्दै गर्दा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू एक–एक महिनाको फरकमा नेपाल भ्रमणमा आउन थालेका छन्। तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ प्रतिनिधिमण्डलसहित नेपाल आएर फर्केको करिब महिना दिनमै चिनियाँ कम्युनिष्ट पार्टीका अर्का एक नेता आज नेपाल भ्रमणमा आउन लागेका हुन् ।
‘उहाँहरु आजै तीन बजे काठमाडौ विमानस्थलमा अवरतरण हुनुहुन्छ’, प्रहरीका उच्च अधिकारीले भने । नेपालमा बीआरआइ परियोजना लागुु हुुने नहुने भन्ने अन्यौल रहेको तर एमसीसी भने कार्यान्वयनको चरणमा पुगिसकेकाले पनि चिनिया नेताहरूको नेपाल भ्रमण बढेको बताइएको छ ।
स्रोतका अनुसार महिना दिनमै चीनको तर्फबाट नेपाल आउन लागेका उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व चिनियाँ कम्युनिष्ट पार्टी गुआङदोङ प्रान्तीय समितिको स्थायी समितिका सदस्य तथा ग्वाङ्दोङ प्रवासी मित्रताका अध्यक्ष वाङ रुइजुनले गर्न लागेका छन् । उनी आज दिउँसो ३ बजे काठमाडौं आईपुग्ने कार्यतालिका रहेको छ । १२ बजे आउन भनिएको कार्यतालिका ३ बजेलाई सरेको हो । उनी श्रीलंकन एअरलाइन्सको यूएल १८१ नम्बरको विमानबाट काठमाडौं आउन लागेका हुन् ।
नेपालमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाहरूमा छ वर्षको निराशाजनक प्रगति देखिएको र एमसीसी कार्यान्वयनको चरणमा प्रवेश गरेपछि चिनियाँहरूको नेपाल भ्रमण बाक्लो हुन थालेको छ । उनीहरूले प्रधानमन्त्री प्रचण्डलाई समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । भेटघाटको क्रममा प्रधानमन्त्री प्रचण्डको हालै चीन भ्रमणका क्रममा भएको सहमति सम्झौता कार्यान्वयनको अवस्था लगायतका विषयमा छलफल र नेपाल र चीनका बीचको सहयोगलाई अझ सुदृढ गर्ने तरिकाहरूबारे विचार आदानप्रदान गर्ने बताइएको छ । नेपालमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम बनेको छ ।
प्रचण्डपछि अन्य कुन कुन नेताहरूसँग भेटघाट हुन्छ भन्ने बारेमा केही बताइएको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेतृत्व गण नै मध्यपहाडी लोकमार्ग संकल्प यात्रा लिएर कोशी प्रदेश पुगेकाले पुस २ गते मात्रै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । एमाले बाहेका अन्य कम्युनिष्ट पार्टीका नेताहरूसँगको कार्यतालिका भने चिनियाँ राजदूतावासले बनाइरहेको स्रोतले जनाएको छ । गत असारमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान्चाओले नेपाल भ्रमणमा चीनविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता जाहेर गरेका थिए ।
उनी त्यतिबेला नेपाल आएका थिए । नेपालका सबै पार्टीले एक चीन नीति लिने र चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिवद्धता व्यक्त गरेको बेला खनालसँग पनि उनको यस्तो रुची थियो । पूर्व प्रधानमन्त्री खनालले भर्खरै विदेश विभाग प्रमुखमा नियुक्त भएका चियान्चाओले पहिलो भ्रमण नेपालमा गर्नुले चीनले नेपालसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेको देखाएको बताउँदै त्यतिबेला एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको बताएका थिए । त्यसपछि नेपालमा दुई पटक चिनिया टोलीले भ्रमण गरिसकेको छ ।
सन् १९५५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपाल र चीनबीचको सम्बन्ध अत्यन्त प्रगाढ रहँदै आएको छ । प्रगाढ, घनिष्ट, सुमधुर, न्यानो भनेर जतिसुकै विशेषण जोडे पनि कहिलेकता छिमेकी मुलुकबीचमा धेरथोर स्वार्थ बाझिनु स्वाभाविक हुन्छ । नेपाल र चीनबीचको सम्बन्धमा पनि त्यस्तो हुनु अन्यथा होइन । तर, यतिबेला भने दुई देशबीचको सम्बन्धमा केही चिसोपन बढेको दुवै देशका कूटनीतिक विश्लेषकले औँल्याइरहेका छन् ।
सन् २०१५ मा नेपालमा गएको विनासकारी भुकम्पपछि नेपाल र चीनबीचको तातोपानी नाका अवरुद्ध बन्यो। तातोपानी नाका अवरुद्ध भएपछि केरुङ नाका संचालनमा आयो तर सन् २०२० को सुरुवातमै फैलिएको कोरोना महामारीका कारण केरुङ नाका पनि अवरुद्ध भयो । चीनसँगका मुख्य व्यापारिक नाका अवरुद्ध भएपछि नेपाली व्यवसायीहरूले ठूलो क्षति बेहोर्नु प¥यो। त्यस्तो क्षति अहिले पनि नेपाली व्यवसायीहरूले भोगिरहेका छन् ।
कोरोना महामारीकै बेला स्वदेश फर्किएका नेपाली विद्यार्थीले चीनमा आएर आफ्नो अध्ययनलाई निरन्तरता दिन पाएनन् । नाका खोल्न चीन हिच्किचाइरहेको बेला नेपाली विद्यार्थीले चीन फर्किएर अध्ययन गर्न नपाएपछि आम नेपालीमा रहेको चीनप्रतिको सद्भाव र स्नेहमा गिरावट आउन थाल्यो । अहिले केही विद्यार्थी चीनमा अध्ययनमा आउन थालेका छन् । यो क्रम विस्तारै वृद्धि हुँदै जाने चीनले जनाएको छ ।
आफ्नो असल र घनिष्ट छिमेकी मुलुकका जनतामा देखिएको चीनप्रतिको असन्तुष्टिका बारेमा चीन जानकार हुनुपर्छ । त्यही भएर चिनियाँ नेताहरु नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिन्छन् र गम्भीर पनि हुन्छन् । नेपाल सरकारले पनि चीनसँगको अन्य नाकालाई सुचारु बनाउन गर्नुपर्ने पहल उति गरेको देखिएन । अथवा गरेपनि झारा टार्ने हिसाबको मात्र देखियो । पटक पटक चिनिया नेताहरूको नेपाल भ्रमण भएका बेला अन्य नाकाहरू पनि खोल्नेतर्फ कूटनीतिक पहल गर्ने कुरामा नेपाल लागनु पर्ने आवश्यकता औल्याइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार