डुङ्गा संरक्षणमा जुटे रामेछापका माझी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २८, २०८० बिहिबार १४:२२:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/kath_pull_NnIXHoLnCs_e8Q35nnn24.png)
२८ मंसिर, रामेछाप । कुनै बेला नदी वारपार गर्ने भरपर्दो माध्यमका रुपमा मानिएका काठका डुङ्गा लोप हुन थालेपछि रामेछापका माझी संरक्षणमा जुटेका छन् । सडक विस्तार तथा पुलहरु निर्माण भएसँगै माझी जातिको पहिचानका रुपमा रहेको डुङ्गा लोप हुँदै गएपछि यहाँका माझी समुदाय संरक्षणमा जुटेको हुन् ।
माझी समुदायको संस्कृतिसँग जोडिएको डुङ्गा तार्ने पेसा लोप हुन लगेपछि मन्थली नगरपालिका–७ स्थित सेलेघाटका माझी संरक्षणमा छुटेका छन् । “केही वर्षपहिलेसम्म विभिन्न घाट तथा नदी वारिपारि गर्ने ठाउँमा डुङ्गा देख्न सकिन्थ्यो । आजभोली कतै देखिदैन”, स्थानीय धनबहादुर माझीले भने ।
सुनकोसी र तामाकोसी नदीको सङ्गमस्थल त्रिवेणीमा धेरै डुङ्गा सञ्चालन हुने भएकाले उक्त ठाउँको नाम सेलेघाट रहन गएको उनले बताए । झोलुङ्गे पुल, सडक, यातायातका साधनको पहुँच, स्थायी मोटरेवल पुललगायत पूर्वाधार निर्माण भएसँगै डुङ्गा विस्थापित हुँदै गएका धनबहादुरको भनाइ थियो ।
पहिले डुङ्गा खियाउने र माछा मार्ने पेसा माझी समुदायको जीविकोपार्जनसँग जोडिएका मुख्य पहिचान भएको स्थानीय शङ्कर माझीले बताए । “राजा महेन्द्रको पालामा रामेछापमा पर्ने सुनकोसी र तामाकोसी नदी किनारका जमिन स्थानीय माझीलाई बिर्ता दिइएको थियो । सडक र पुल निर्माण हुनुअघि माझीहरुले मानिस र सामान वारिपारि गर्न ठेक्कामा काम गर्दथे”, उनले भने ।
आधुनिकता आएसँगै सिमान्तकृत जातिमा पार्ने माझी समुदायको पहिचान सङ्कटमा पर्दै गएपछि युवा पुस्ता आफ्नो संस्कृतिको संरक्षण र पहिचानका लागि जुटेका मानवीर माझीले बताए । माझी जापतको संस्कृति र पहिचान संरक्षणका लागि लोप भइसकेको डुङ्गा पुनः सञ्चालनमा ल्याउन स्थानीय पालिका र सरोकारवालासँग छलफल भइरहेको उनले जानकारी दिए ।
जिल्लाको मन्थली, सेले, नवु, पुछि, हर्दिनीलगायत घाटमा केही वर्षअघिसम्म नियमित रुपमा डुङ्गा सञ्चालन हुने गरेकामा अधिकांश स्थानमा मोटरेवल पुल निर्माण भएसँगै डुङ्गा विस्थापित हुँदै गएका पुर्व शिक्षक एवं माझी समुदायका अगुमा सिरबहादुर माझीले बताए । उनका अनुसार डुङ्गा संरक्षणका लागि सेलेघाटमा प्रत्येक वर्ष जिल्लामा माझीले संयुक्त रुपमा डुङ्गा दौड प्रतियोगिता आयोजना गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन
फागुन ४, २०८१ आइतबार
‘हाम्रो माया घर’ को निर्माणले गति लिँदै
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
विश्वकै पहिलो ‘समलिङ्गी इमाम’ मुहसिनको गोली हानी हत्या
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
उत्तरी गोरखाको नुब्री भ्यालीमा भारी हिमपात, टेलिफोन र इन्टरनेट सेवामा समस्या
फागुन ५, २०८१ सोमबार