दिल्ली आदेशपालक सरकार र मोदीको कालापानी अड्डा !
विनोद त्रिपाठी
मंसिर २८, २०८० बिहिबार १५:१:८
यो आलेखमा रोचक र निकै तथ्यपरक एउटा विषय मात्र चर्चा गर्नेछौं । त्यो हो, दिल्लीको रिमोट कन्ट्रोलमा नेपालको सत्ता ! तपाईंले एकवर्ष पहिले र अहिले उपत्यकाको वातावरण नियाल्नु भएको छ ? याद गर्नु भएको छ भने तपाईंले एक वर्षअघि बानेश्वरचोक लगायत दर्जनौं स्थानमा ‘हर्न निषेध’ सुचनाहरु देख्नुभयो ? पक्कै देख्नुभयो हैन । अहिलेका दृष्यहरु पनि देखिरहनु भएकै होला । अहिले कहिंकतै यस्ता जनचेतनामुलक सुचनाहरु पाउनुहुन्छ ? अहँ विल्कुल पाउनुहुन्न । केहि पुराना सुचनापाटी कतै बाँकी होलान् ! अब ध्यान दिएर फेरि सोच्नुस् त, आखिर विगतदेखि नियमित जारी ‘हर्न निषेध’का सुचनाहरु एकाएक कसरी हराए ?
हर्न निषेधको काम ट्राफिक प्रहरीले गर्छ । आदेश गृह मन्त्रालयले दिन्छ । यो सबैले जानेकै विषय भयो । तर, अहिले न यो काम ट्राफिकले गर्छ, न मन्त्रालयबाट यस्तो आदेश आउँछ । तपाईं अचम्ममा पर्नुभयो हैन । पक्कै पनि यो सुनेर एकछिन तपाईंलाई हैरान बनाउनेछ । ट्राफिकले त आदेश पाएपछि काम गर्ने हो । उसले नियमित काम गरेकै छ । तर, विगतदेखिको हर्न निषेधको नियमित काम ट्राफिकको सेड्युलबाट किन झिकियो ? धेरैलाई हैरानी र खुल्दुली पक्कै लाग्यो होला !
गृह मन्त्रालयमा मन्त्री को छ ? नारायणकाजी छन् हैन ! जब यी मन्त्री बने, अनि यस्तो भयो । अझै विश्वास गर्नु भएन ? फेरि तथ्यतिर जाऔं । उपत्यकामा ट्राफिक चेतना फैलाउन एफएम रेडियो पनि छ । त्यहाँ भएका गत वर्ष र हालका सुचनाहरुको लिष्ट हेर्नुस । भिन्नता पुरै स्पष्ट छ । जब २०७९ साल पुस ११ गते नारायणकाजी गृहमन्त्रीको कुर्सीमा बसे, अनि हर्न निषेधका सुचनाहरु तुरुन्तै हटाइए । अब अर्को तथ्य हेरौं । उपत्यका ट्राफिकले महानगरसंग मिलेर मुख्य चोकहरुमा ठुला ठुला हर्न निषेधका फ्लेक्स, साइनबोर्ड राखेको थियो ।
यो त याद गर्नु भएकै होला । तर, यी नारायणकाजी आएपछि यी सुचनाका बोर्ड सबै हटाइए । के अहिले कतै यी बोर्ड देख्नुहुन्छ ? के अहिले एफएम रेडियोमा हर्न निषेधका सुचना सुन्नुहुन्छ ? के कुनै दिन हर्न निषेधमा कारबाही भोगेका समाचार पाउनुहुन्छ ? अहँ यो पाउने संभावनै छैन । फेरि अर्को तथ्य पनि केलाऔं । अहिले विभिन्न देशबाट आएका भ्लगर (युट्यूबर)हरुले उपत्यकाका सडकका बारेमा भिडियो पोष्ट गरेका छन् । गत वर्षका र अहिलेका भिडियो भित्र हर्नका आवाजहरू तुलना गरेर हेर्नुस, ‘दुधको दुध पानीको पानी’ छर्लंग हुनेछ ।
किन यसो गरे नारायणकाजीले ? यो पनि तपाईंको मनमा जिज्ञासा होला । कारण के हो त्यतातिर लागौं । कुनैबेला नारायणकाजी भारतको निकै विरोध गर्थे । आफ्नै पार्टी भारतप्रति नरम भयो भने यी असहमत प्रकट गर्दै विरोधमा उत्रिहाल्थे । विगतका उनका भाषणका भिडियो युट्युबमा हेर्नसक्नुहुनेछ । यी सबै प्रमाण युट्युवमा सप्रमाण सधैं सुरक्षित हुनेछन् । तर, जब यी काजी मन्त्री पदमा बसे, अनि भारतप्रति चुप बसे । चुप मात्र बसेनन्, भारतको चरम भक्त बने । फेरि कसरी ? यो प्रश्न तपाईंको मनमा उठ्यो होला ।
सन २०१७ मा संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रमले विश्वमा सडक तथा बजार क्षेत्र सबैभन्दा कोलाहल (क्रेजी), दुषित ध्वनी प्रदुषण भनेर भारत केन्द्रविन्दु भएर दक्षिण एसिया भन्ने विवरण सार्वजनिक गरेको थियो । यो विवरणमा हर्नको आवाज मुख्य कारण देखाइएको थियो । दिल्लीले जे चाह्यो नेपाल सरकारले गर्ने त्यही हो । अनि मन्त्रीमा बहाल हुने वित्तिकै दिल्लीको आदेश अनुसार काजीले हरेक काम गर्न थाले । उनले विगतदेखि भारतको विरोध गर्दै आएको आफ्नो शैलीमा परिवर्तन ल्याए । भारतमा झैं हर्न बजाउन अनुमति दिन थाले । हर्न निषेधका सबै कार्यक्रम रद्द गरिदिए । स्मरणहोस, भारतका शहरहरू विश्वमै हर्नको आवाजमा प्रदूषण मानिन्छन् ।
अब अर्को तथ्य केलाऔं । यो आलेख एक सप्रमाणका आधारमा मात्र तयार गरिएको हो । ती प्रमाणका आधार सहित विवरणहरूमा आधारित हुने नै छन् । काजीले केहि महिनाअघि काठमाडौंका महानगर प्रमुख बालेन साहलाई भेटे । भेटमा एउटा महत्वपूर्ण विषय काजीले बालेन समक्ष राखेका थिए । नारायणकाजीले भनेका थिए,‘भारतको विहार र उत्तर प्रदेशमा मदिरा निषेध रहेछ । हामी भारतको छिमेकी मुलुक । यो काम राजधानीबाटै सुरु गरौं बालेन जी । तपाईं निर्णय गर्नुस, मन्त्रालयले साथ दिनेछ ।’ काजीले यति भनेपछि बालेनले विचार गरौंला नि भनेर छुट्टिएका थिए ।
काजीले बारम्बार बालेनलाई दबाब दिएपछि अहिले काठमाडौं महानगरले पहिलो चरणमा सुर्तीजन्य पदार्थ निषेध गर्ने निर्णय गर्यो । क्रमशः मदिराजन्य सामग्री पनि नियन्त्रण गर्ने तयारी छ । पान, सुर्ती निषेध गरेकोमा सबैले तारिफ नै गरेका छन् । यो आवश्यक थियो । तर, चुरोट र मदिरा निषेध गर्दा पर्यटक क्षेत्रलाई कति ठुलो धक्का पुग्छ, यी काजीले कुनै हेक्का गरेका छैनन् । यिनले त दिल्लीले जे आदेश दियो त्यहि बालेन समक्ष व्यक्त गरे । भारत चाहन्छ, नेपालको सम्पुर्ण वातावरण भारत जस्तै बनोस । बन्द समाज, हिंसाग्रस्त वातावरण ! विश्वमा सबैभन्दा चुरोट उत्पादन र प्रयोग हुने मुलुक चीन हो । तर, त्यहाँ पान र सुर्ती पुरै निषेध छ । र चीन अहिले सबैभन्दा सुरक्षित देश हो । विश्वमा धेरै मदिरा खपत हुने मुलुक दक्षिण कोरिया, रुस लगायतका मुलुक हुन् । आज यी मुलुकहरु पर्यटक हब छन् ।
उता, मदिरा निषेध गरेको भारतमा तेस्रो मुलुकका सामान्य पर्यटक घुमफिर गर्न सक्दैनन् । कारण हो, राज्यको भययुक्त कानुन र समाजको हिंसाग्रस्त व्यवहार । नेपालमा चुरोट र मदिरा खुल्ला गरेर पान र सुर्ती निषेध गर्नुपर्छ भन्ने माग सुरुदेखि नै सर्वसाधारणले राख्दै आएका हुन् । भारतीय वातावरण रोक्न पानजन्य सामग्री आयात रोक्नुपर्छ भन्ने माग सबैको छ । अब अर्को तथ्यतिर लागौं ।
विसं २०८० असोज २५ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दार्चुला जिल्लाको कालापानी क्षेत्रमा आए । भारतीय सैन्यबल सहित आएका मोदीले त्यहाँ ध्यान योग मात्र गरेनन्, ‘भारत माताकी यस शीरमें भारतके भविस्य बैठा हे’ भन्ने सन्देश प्रवाह गरिदिए । तर, यता काठमाडौंमा भने यी काजीसाब नेपालको मन्त्रालयमा बसेर काजु खाँदै थिए । यो पंक्तिकार, मन्त्रालय पुगेर एक उच्च अधिकारीसंग सोधेको थियो,‘कुनैबेला काजीसाब, भारतको खुब विरोध गर्नुहुन्थ्यो, अहिले मोदीले नेपालकै भुभाग कब्जा गरेर भारत घोषणा गर्दा पनि किन बोल्नु भएन ?’ ती अधिकारीले पंक्तिकारसंग भनेका थिए,‘मन्त्री पदमा बस्दा यो विषय नबोल्ने रे ! भारतको विरोध गर्दा पद जान्छ रे !’ कुनैबेला प्रचण्डले भारतीय उच्च अधिकारीलाई भेट गर्दा यी काजीले तथानाम गाली गर्थे । भेट गर्नुको कारण माग्थे । यी सबैका रेकर्ड युट्युबमा सप्रमाण सुरक्षित छन् । तर, आज एउटा सार्वभौम मुलुकको जमिनमा विदेशी शासक आएर निर्धक्क यो भारतको भुमि हो भन्दा यी काजी किन चुप छन् ? हो राष्ट्रियताका सवालमा रक्षा मन्त्रालय र सिंगो देशले बोल्ने विषय हो । अन्यतिर सोझिएका प्रश्न अर्को आलेखमा गरौंला । तर, यी काजी ती व्यक्ति हुन्, जस्ले भारतको चर्को विरोध गरेर प्रचण्डसंग पार्टीमा सधैं सौदाबाजी गर्दै भागबण्डा खोज्दै आए । विदेशका शासक आफ्नो देशमा आएर यो भारत हो भन्दा गृह मन्त्रालय चुप बस्नुपर्छ भन्ने कहाँ कुन संविधानमा लेखेको छ ?
यहाँ, अन्य नेता र अन्य पार्टीको कुरा गरेको होइन । अरुहरु पदमा बसेपनि नबसेपनि भारतप्रति औसत धारणा राख्छन् । तर, यी काजी मात्र त्यस्ता हुन्, जस्ले पदमा हुँदा अजिंगर र पद बाहिर हुँदा विच्छीको रुप स्पष्ट देखाएका छन् । अब अर्को सवाल उठ्ला ! नक्कली भुटानी शरणार्थी मुद्दामा यी काजी आएपछि दोषीमाथि कारबाही सुरु भयो त ? भ्रम र नक्कली कुरा यहीं छ । जब आफ्ना नेतातिर यी लगायत सुनकाण्डका मुद्दा सोझिंदा कसरी चुप बसे ? यी पनि सप्रमाण विगतका समाचारहरुबाट स्पष्ट हुन्न र ?
दिल्लीको रिमोट कन्ट्रोलबाट यो सरकार संचालित यस्ता दर्जनौं सप्रमाण छन् । उदाहरणका लागि टिकटक बन्द हुनु अर्को प्रमाण हो । भारतमा टिकटक बन्द छ । फलस्वरुप गृह मन्त्रालयको दबाबमा मन्त्रीपरिषद टिकटक बन्द गर्ने निर्णयमा पुग्यो । टिकटकले समाजमा हिंसा फैलायो भन्ने सरकारको जुन कुतर्क छ यो बुझ्न अहिले केही तथ्यहरू बुझ्न आवश्यक छ । नेपाल प्रहरीको साइवर व्यूरो अन्तर्गतमा दायर निवेदन अनुसार टिकटक खुल्ला अघि जुन प्रतिशत संख्यामा हिंसाका मुद्दाहरू पुग्थे अहिले १५ प्रतिशतले बढेको छ ।
यसैबाट बुझ्न सकिन्छ सरकार कति दिल्लीपरस्त छ । यी गृहमन्त्री काजी यस्ता हुन्, जस्ले कहिल्यै चुनाव जितेनन्, तर सधैं शक्तिको केन्द्रमा भए । अहिले यो सरकारमा चुनाव हारेर मन्त्री पदमा बसेको व्यक्ति यी काजी हुन् । यिनका नक्कली,ढोंग शैली, विलासी, भ्रष्टाचार र अन्य नाटकहरु विस्तारै पटाक्षेप हुँदै जानेछन् । तर, पछिल्ला दिनहरुमा काजीलाई हेर्ने जनताको जुन भ्रमपुर्ण दृष्टिकोण छ, त्यो नेपालको भविष्यका लागि कति घातक छ भन्ने खुल्दै जानेछ ।
विनोद त्रिपाठी
लामो समय व्यवसायिक पत्रकारितामा डटेर लागेका पत्रकार त्रिपाठी विभिन्न मुलधारका राष्ट्रिय दैनिक, टेलिभिजन र अनलाइनहरुमा सम्पादकको भुमिका निर्वाह गरिसकेका छन् । हाल त्रिपाठी नेपालबहसका नियमित स्तम्भकार हुन् ।
लेखकबाट थपबिर्सिन नसकिने प्रतियोगिता एनपिएल क्रिकेट
पुष ७, २०८१ आइतबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
ठूलो जनशक्तिलाई बेरोजगार बनाएको शिक्षाका कुरा गरौँ
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार