सहसचिव सेवा लम्साल परराष्ट्र सचिवमा बढुवा
नेपालबहस संवाददाता
मंसिर २८, २०८० बिहिबार १७:२१:४९
२८ मंसिर, काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साललाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गरेको हो । गत शुक्रबार लोक सेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले उनलाई सचिवमा बढुवा गर्न एकल सिफारिस गरेको थियो ।
सन् १९९८ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेकी सेवा लम्साल जागिरे जीवनको २५ वर्ष पुग्नै लाग्दा परराष्ट्र सचिवको कुर्सीमा पुगेकी हुन् । गत मंसिर १९ गते सचिव भरतराज पौड्यालको समयावधि समाप्त भएसँगै उनले निमित्त सचिवको जिम्मेवारी भने लिइसकेकी थिइन् ।
लम्साल उपसचिवका रूपमा प्रवेश गरेकी थिइन् । पासपोर्ट विभागबाट परराष्ट्रको करिअर सुरू गरेकी उनी सन् २०१६ देखि २०२० सम्म पाकिस्तानका लागि नेपाली राजदूतका रूपमा काम गरेकी थिइन् । त्यसबेला उनले इरान, टर्की, कीर्गिस्तान, ताजकिस्तान, तुर्केमिनिस्तान र उज्वेकिस्तानको समेत राजदूतको जिम्मेवारी लिएकी थिइन् ।
२०२० मा नेपाल फर्किएपछि भने लम्सालले संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय संघसंस्थाहरू र अन्तर्राष्ट्रिय कानुन विभागमा काम गर्दै आएकी थिइन् । सचिवको जिम्मेवारी सम्हालेसँगै अब लम्सालले परराष्ट्र मन्त्रालय अन्तर्गतका ३५८ जना कर्मचारीको नेतृत्व लिनेछिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, प्रहरीका ५ एसएसपीको सरुवा
पुष १७, २०८१ बुधबार
नयाँ पार्टी गठनमा लागेका भीम रावलले पत्रकार सम्मेलन गर्दै
पुष १७, २०८१ बुधबार
कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र
पुष १७, २०८१ बुधबार
१८ वर्षपछि सडक कालोपत्र गरिँदै
पुष १७, २०८१ बुधबार
विवाहमा पञ्चेबाजा बजाउँदै आमा समूह: राम्रो कमाई, मङ्सिर र माघमा भ्याइनभ्याइ !
पुष १७, २०८१ बुधबार
जैविक मल बनाएर २५ रुपैयाँ केजीमा बेच्दै विनयी त्रिवेणी गाउँपालिका
पुष १७, २०८१ बुधबार