एमाले सांसद कोइरीलाई सफाइ, लोसपाका प्रदेश सांसद शर्मासहित ७ जनालाई जन्मकैद
नेपालबहस संवाददाता
मंसिर २८, २०८० बिहिबार २०:१०:५०
२८ मंसिर, जनकपुरधाम । महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई सफाइ र लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएको छ । महोत्तरीमा ८ वर्षअघि भएको सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जिल्ला अदालत महोत्तरीले ७ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।
यही मुद्दामा प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई भने सफाइ दिइएको छ । मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।
बिहीबार जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरु सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको अदालतकी श्रेष्तेदार नुतन झाले जानकारी दिइन् ।
जन्मकैदको सजाय सुनाइएका अभिराम शर्मा हाल मधेश प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलका नेता छन् । त्यस्तै जन्मकैदकै सजाय पाएका रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन् । न्यायाधीश भट्टराईको इजलासले प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा ज्यानसम्बन्धी कसुर गरेकोले सोही १३(३) बमोजिम जन्मकैद सजाय सुनाएको झाले बताइन् ।
अन्य आरोपितको हकमा मुल्तवीमा राखिएको छ । एमालेका प्रतिनिधिसभा सदस्य कोइरी सहित २८ जना जिल्ला अदालत महोत्तरीमा कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगो लगाएको मुद्दा ०७२ फागुन २७ गते दर्ता भएको थियो । असई विकको हत्या मुद्दामा प्रदीप साह, सञ्जयकुमार साह र पवन कापर थुनामा छन् भने प्रतिनिधिसाभा सदस्य कोइरी, ठाकुर तारेख गुजारी फरार थिए ।
जिल्ला अदालत महोत्तरीका न्यायधीश श्यामसुन्दर अधिकारीको इजलासले कोइरीबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ बमोजिम एक लाख रुपैयाँ नगदै धरौटी लिइ २०७६ असोज २ गते तारेखमा राख्ने आदेश दिएका थिए । आदेशलाई उच्च अदालत जनकपुरले उल्ट्याएर पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
जिल्ला अदालतको आदेश मिलेको नदेखिँदा बदर गरी महतोलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न उच्च अदालत जनकपुरका न्यायधीश पुष्पराज कोइराला र प्रभा बस्नेतकफ संयुक्त इजलासले कोइरीलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न २०७७ मंसिर १९ गते आदेश दिएका थिए ।
मुद्दामा जलेश्वर नगरपालिकाका पूर्व मेयर शंकर शाही भन्ने रामाशंकर मिश्र, लोसपाका प्रदेश सांसद अभिराम शर्मा, लोसपाका नेता सुरेश पाण्डे र जसपाका नेता धर्मेन्द्र राय सधारण तारेखमा थिए । कर्तव्य ज्यान मुद्दाका प्रतिवादीहरु रमेह प्रसाद साह, सविन्द्र चौधरी, चन्देश्वर साह, राजा चौधरी, देवेन्द्र चौधरी, नरेश साह, गोलु साह, हरिओम कुमार भगत, रविन्द्र राम चमार, रंजित साह, विकी साह, फुले यादव, रोहित कुमार शर्मा, लालबाबु विन, शम्भु साह, अनित ठाकुर, अनिल ठाकुर, देवेन्द्र यादव र पुर्व प्रदेश सांसद कोशलय यादव सहित २० जना फरार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
भारतबाट ल्याइएको ३४ सय किलो धान रौतहटमा बरामद
जेठ १८, २०८१ शुक्रबार
मधेस आन्दोलनमा ढलेको गिरिजाप्रसाद कोइरालाको सालिक फेरि ठडियो
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
चीनमा खाद्य सुरक्षा कानुन लागु
जेठ १९, २०८१ शनिबार
नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने
जेठ १९, २०८१ शनिबार
माछापुच्छ्रे बैंकद्धारा सल्यानको विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
जेठ १९, २०८१ शनिबार
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै
जेठ १९, २०८१ शनिबार