आजबाट सर्वोच्चमा प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ
नेपालबहस संवाददाता
मंसिर २९, २०८० शुक्रबार १०:३३:१
२९ मंसिर, काठमाडौं । संसदीय सुनुवाइ समितिले आजबाट सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ गर्दैछ । बिहान ११ बजे सिंहदरबारस्थित बस्ने बैठकले सुनुवाइ गर्न लागेको हो । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ मंसिर २९ गते गर्ने निर्णय समितिले गरेको थियो ।
सर्वोच्चमा प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध १० जना व्यक्तिले उजुरी दिएका थिए । समितिले उजुरीकर्तासँग उनीहरुले उजुरीमा उठाएका विषयमा छलफल गरिसकेको छ ।
न्यायपरिषदको मंसिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।
उनीहरुको संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्र नियुक्ति हुने संवैधानिक व्यवस्था छ । आज सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको बैठकमा सुनुवाइ हुने कार्यसूची रहेको संसद् सचिवालयका सचिव पदप्रसाद पाण्डेयले जानकारी दिए । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआवश्यक परे हप्तामा तीनदिन संवैधानिक इजलास आवश्यक राख्न सकिन्छः न्यायाधीश ढुंगाना
असोज ३, २०८१ बिहिबार
एनआरएन विवादमा मिसिल झिकाउने आदेश
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार