सञ्चार मन्त्रालय र सूचना विभागको वेबसाइट ह्याक, प्राविधिक टोली खटाइएको छः मन्त्री शर्मा
नेपालबहस संवाददाता
मंसिर २९, २०८० शुक्रबार १०:५३:१२
२९ मंसिर काठमाडौं । सञ्चारमन्त्री रेखा शर्माले शुक्रबार विहानैदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना विभागको बन्द वेबसाइट खुलाउने काम भइरहेको बताएकी छिन् । आज विहानैदेखि दुवै कार्यालयको वेबसाइट बन्दछ । बिहीबार रातीदेखिनै साइड बन्द भएको अनुकान गरिएको छ ।
अहिले वेबसाइट खोल्दा नेपाल सरकारको लोगो र ४०४ पृष्ठ फेला परेन भन्ने देखिन्छ । शुक्रबार वेबसाइट नखुल्दा अनलाइनमार्फत हुने सबै काम रोकिएको छ ।
वेबसाइट नखुल्नुको कारण खुलेको छैन । सञ्चार मन्त्रालय र सूचना विभागको वेबसाइट ह्याक भएको हुनसक्छ । नेपाल सरकारका वेबसाइटहरु डाउन हुने र ह्याक हुने समस्या यसअघि पनि पटक–पटक हुने गरेका थिए । मन्त्री शर्माले प्राविधिक टोली खटिएको बताइन् ।
साइट डाउनबारे के भएको हो भनेर मन्त्रालयका सहसचिव बाबुराम भण्डारी लगायतको टोलीले समस्या पत्ता लगाउने काम गरिरहेको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार मन्त्री शर्माले जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार