बाल यौन दुर्व्यवहारको घटना बढ्दो
नेपालबहस संवाददाता
मंसिर २९, २०८० शुक्रबार १२:०:१५
२९ मंसिर, चितवन । जिल्लामा बाल यौन दुर्व्यवहारका घटना बढ्दो क्रममा रहेको छ । चालु आर्थिक वर्षमा जिल्लामा बाल यौन दुर्व्यवहारका ३४ वटा घटनामा दुई बालक र ३२ बालिका परेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवन शाखाले आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को वार्षिक पूर्वसमीक्षा कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । सो तथ्याङ्कअनुसार जिल्लामा सन् २०२३ मा एक सय १४ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् ।
इन्सेकका जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार जिल्लामा यस वर्ष जबर्जजस्ती करणीका घटना ४३, जर्बजस्ती करणीको प्रयासका घटना तीन, हत्या छ, बहुविवाह १३ र आत्महत्या दुरुत्साहनका आठवटा निवेदन परेका छन् । यस्तै मानव बेचबिखनका तीन, अपहरण, जातीय भेदभाव तथा बालविवाहका एक–एक निवेदन परेको उनले जानकारी दिए ।
जिल्लामा गत वर्ष सन् २०२२ मा एक सय ६१ वटा घटना भएका थिए । सो वर्ष जबर्जस्ती करणीका ६६ वटा मुद्दा दर्ता भएका थिए । यस्तै जर्बजस्ती करणीको प्रयासका १६, हत्याका चार, बाल यौन दुव्र्यवहारका २४, बहुविवाहका २९, आत्महत्या दुरुत्साहनका नौ, मानव बेचबिखनका पाँच र अपहरणका दुईवटा मुद्दा दर्ता भएका थिए ।
गत वर्ष निवेदन नपरेको जातीय भेदभाव र बालविवाहका निवेदन यस वर्ष परेको अधिकारीले बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले परिबन्धमा परेर धेरै मानिस आपराधिक क्रियाकलापमा लाग्ने गरेको बताए । बाल यौन दुव्र्यवहारका घटनामा बढी सङ्ख्यामा विद्यालय पढ्ने उमेरका बालबालिका पर्ने गरेका छन् । समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरीले विद्यालयमा पाठ्यक्रम बनाएर पढाउनेदेखि जनचेतनाका कार्यक्रमसम्म गर्दै आएको उहाँले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार