महिला र बालबालिका हराउने क्रम बढदै
नेपालबहस संवाददाता
मंसिर २९, २०८० शुक्रबार १२:५९:१४
२९ मंसिर, लमजुङ । प्रहरी तथा सम्बन्धित निकायले विभिन्न सचेतनामूलक कार्यक्रम गरे पनि गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम भने बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४४ महिला, बालबालिका र पुरुष हराएका छन् ।
हराउनेमा २१ महिला, एक बालक, सात बालिका, चार ज्येष्ठ नागरिक र ११ पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँले बताए । उनका अनुसार हराएकामध्ये १७ महिला, एक बालक, छ बालिका, तीन ज्येष्ठ नागरिक र तीन पुरुष फेला परेका छन् । अझै चार महिला, एक बालिका, एक ज्येष्ठ नागरिक, आठ पुरुष भेटिएका छैनन् । हराएका व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा महिला, बालबालिका, ज्येष्ठ नगारिक तथा पुरुष गरी ९८ जना हराएका थिए । हराउनेमा महिला ४८, पुरुष २४ बालक नौ, बालिका २१, ज्येष्ठ नगारिक पाँच जना हराएको प्रहरीले जनाएको छ । हराउनेमध्ये ४१ महिला, १८ पुरुष, नौ बालक, २१ बालिका र चार ज्येष्ठ नागरिक र फेला परेका थिए भने सात महिला, एक ज्येष्ठ नागरिक र छ पुरुषको खोजी भइरहेको जनाइएको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा महिला, बालबालिका, ज्येष्ठ नागरिक र पुरुष गरी एक सय २१ जना हराएका थिए । हराउनेमा ६२ महिला, पाँच बालक, २७ बालिका, एक ज्येष्ठ नागरिक र २६ पुरुष थिए । हराएकामध्ये ५५ महिला, पाँच बालक, २७ बालिका, एक ज्येष्ठ नागरिक र २१ पुरुष फेला परेका थिए भने सात महिला, एक बालिका, पाँच पुरुषको खोजी भइरहेको जनाइएको थियो ।
आर्थिक वर्ष २०७७/७८ को साउनदेखि असारसम्ममा ९७ महिला, बालबालिका, पुरुष र ज्येष्ठ नागरिक हराएका थिए । हराएकामध्ये १४ महिला, दुई बालिका, एक ज्येष्ठ नागरिक र दुई पुरुष बेपत्ता थिए
यसरी महिला तथा बालबालिका हराउनुमा वैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको दुरुपयोग, गलत साथीको सङ्गत, घरझगडा, प्रेममा धोकालगायत कारणले महिला तथा बालबालिका हराउने गरेको पाइएको छ । प्रहरीले खोजीका लागि अग्रसरता देखाउँदै आए पनि यी हराएकामध्ये फेला परेका भने अधिकांश आफन्तको सम्पर्कमा आएको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार