सुन आयोगः ओलीको चित्त बुझाउने बाटो !
नेपालबहस संवाददाता
मंसिर २९, २०८० शुक्रबार २०:१:४५
२९ मंसिर, काठमाडौं । नेकपा एमालेको लगातार गरेको संसद अवरुद्ध खुलाउन गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद सकिनै लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको ६१ केजी सुनको बास्तविक तथ्य पत्ता लगाएर कारवाहीको सिफारिस गर्न असोज १४ गते यो आयोग बनाइएको थियो । आयोग बनेपछि तस्करहरुले झण्डै त्यतिनै मात्रमा सुन तस्करी गरिसके तर, आयोगको के गर्दैछ भन्ने पत्तो छैन् ।
सार्वजनिक विदाबाहेक यो आयोगले अब मोटामोटी १४ दिन काम गर्न सक्छ । त्यसपछि यसको म्याद सकिन्छ । एमालेले करिब एक महिना संसद् अवरुद्ध गरेपछि गठन भएको उच्चस्तरीय आयोगको काम सुस्तछ, तर, तस्करहरूले आफ्नो धन्दा उच्च गतिमा अघि बढाएका छन् । रुट फेरेर तस्करले झण्डै ३० केजी बढी सुन ल्याइसके । पछिल्लो पटक त्रिभुवन विमानस्थलबाट १४ केजी सुन बरामद भएर अहिले राजश्व अनुसन्धन विभागले बनाएको समितिले काम सक्न लागिसक्यो ।
सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा आयोगको कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापनासँगै सुन तस्करी खोज्ने काम शुरू भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले गत असोज १४ गते उच्च अदालतका पूर्व न्यायाधीश आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरिएको थियो । आयोगको सदस्यमा पूर्वसहसचिवद्वय किशोरजंग कार्की, प्रेमराज जोशी र पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा छन् ।
सरकारले आयोगलाई तीन महीनाभित्र अनुसन्धान सम्पन्न गरेर सुनको अवैध पैठारी तस्करीको नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो । गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको साढे ६० किलोग्राम सुन बरामद गरेको थियो । प्रारम्भमा यही सुन प्रकरणबारे विभाग र पछि सरकारको निर्देशनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गर्यो । सुन तस्करीमा संलग्न व्यक्ति विरुद्ध अदातलमा मुद्दा दायर भइसकेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्रेक सु र विद्युतीय चुरोट (भेप) मा लुकाइछिपाइ ल्याएको सुन प्रकरणको जाँचबुझ तथा संलग्न व्यक्तिमाथि कारबाही गर्न एमालेले मागेअनुसार उच्चस्तरीय आयोग बनेको हो । तर, आयोगको काम सुस्त र तस्करहरूले धन्दा तिब्र भएकाले यो आयोग एमाले पार्टी र त्यसका अध्यक्ष केपी शर्मा ओलीको मुख बन्द गर्न बनाएको जस्तै भएको छ ।
एमालेले साउन १० देखि संसद् अवरुद्ध गरेपछि जाँचबुझ आयोग गठन गर्न भदौ ६ मा संसद्का ७ दलबीच सहमति भएको थियो । त्यही आधारमा असोज १४ मा गठित आयोगको तीनमहिने म्याद पुस १४ मा सकिँदै छ । आयोगलाई सुन तस्करीको समग्र जाँचबुझ मात्रै होइन, गिरोह र यसमा संलग्नलाई पक्राउ गरेर अनुसन्धान गर्न सक्ने अधिकारसमेत दिइएको छ । यही कार्यादेशभित्र रहेर जाँचबुझ भइरहेको आयोगको दाबी छ ।
के गर्दैछ त आयोग ? आयोगका एक सदस्य भन्छन, ‘नेपाली अभियुक्तसँग बयान लिइसक्यौं । तारिख र धरौटीमा रहेकासँग लिँदै छौं । ओसारपसारमा संलग्न विदेशीसँग सोधपुछ बाँकी नै छ र विज्ञ र सरोकारवालासँग सोधपुछ सक्यौं, अनुसन्धान अधिकृत, अभियोजनकर्तासँग बाँकी छ ।’ तीन ३ महिने कार्यादेश पाएको आयोगको कार्यक्षेत्र ठूलो भएकाले २ महिना अनुसन्धानमै बितेको दावी आयोगका सदसयको छ । अवैध सुन आउने मुख्य स्थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, रसुवाको केरुङ, तातोपानी, दोलखालगायत नाकाको स्थलगत निरीक्षणमा धेरै समय खर्च भयो । तर, उपलब्धी छैन् ।
काम कसरी भइरहेको भन्ने कुरा त कर्मचारीको अवस्थाबाटै पनि थाहा हुन्छ । सरकारले मंसिर पहिलो साता आयोगलाई आवश्यक कर्मचारी उपलब्ध गराउने निर्णय गरेपनि अझै कर्मचारी हाजिर भएका छैनन् । मंसिर ७ गते सरकारले आयोगमा उपसचिव, सरकारी वकिल, राजस्व उपसचिव र प्रहरी नायब उपरीक्षक गरी ४ जना अधिकृतस्तरका कर्मचारी उपलब्ध गराउने निर्णय गरेको थियो ।
आयोग यसअघिको सुन ओसारपसारको छानबिनमा केन्द्रित भइरहँदा विमानस्थलकै बाटो नयाँ तरिकाले धमाधम सुन भित्रिरहेको छ । बिहीबार १४ किलो सुनसहित समातिएका गोरखा बारपाकका चन्द्र घले स्वयंले तेस्रो पटक दुबईबाट सुन ल्याएको सोधपुछका क्रममा बताए । शनिबार राति पनि फ्लाई दुबईको उही उडान (एफजेड ५७३) बाट ल्याइएको साढे ६ किलो अवैध सुन भन्सार जाँचपास भइसकेपछि बरामद भयो । इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिनसहित दुई सुडानी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबारजस्तै शनिबार पनि ज्याकेटभित्रको वस्त्रमा ६ किलो अर्धठोस सुन बोकेर ल्याएका थिए । भन्सार विभागले गरेको सोधपुछमा चन्द्र घलेले यसअघि ३ पटकसम्म सुन ल्याएको र ल्याएको सुन विमानस्थलको व्यावसायिक व्यक्तिहरूका लागि छुट्याइएको र शौचालयको डस्टबिनमा राखेर बाहिरिने गरेको बयान दिएका छन् । सुन लिन दुबई पठाउने र ल्याएर शौचालयमा छाड्न लगाउने बारपाककै मीनबहादुर घले रहेको जवाफ चन्द्रले दिएका छन् ।
प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले न्युरोड र नागढुंगा नाकाबाट ५ दिनकै अवधिमा ९ किलो सुन नियन्त्रणमा लियो । न्युरोडबाट ७ किलो सुन बरामद गरिएको थियो । न्युरोडमा पदमप्रसाद पाण्डेले सञ्चालन गरेको ओम पल गोल्ड प्रालि र कैलाश ज्वेलर्स प्रालिबाट बिल–बीजकबिनाका सुनका गहना र टुक्राहरू नियन्त्रणमा लिइएको हो । पाण्डेको साथबाट ४१ सय अमेरिकी डलर र ३९ लाख नेपाली रुपैयाँसमेत बरामद गरिएको छ ।
यस्तै अघिल्लो बिहीबार नै अपराध अनुसन्धान कार्यालयले काठमाडौंको नागढुंगा नाकाबाट २ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको थियो । गत असार २९ गते विमानस्थलबाट बाहिरिएको ६१ किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यतिबेला ब्रेक सुमा रहेको सुन भन्सार जाँचपास गरेर सिनामंगल सडकमा पुगेको अवस्थामा बरामद गरिएको थियो । त्यसअघि विद्युतीय चुरोट भेपमा लुकाएर ९ केजी सुन ल्याइएको थियो ।
उक्त सुन तस्करी आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पुर्पक्षका लागि थुनामा छन् । लगातार सुन तस्करीको घटना सार्वजनिक हुने र त्यसमा राजनीतिक नेतृत्वसमेत जोडिएपछि उच्चस्तरीय छानबिन समिति बनाउन संसदमा माग भएको थियो । गत भदौ ३ र असोज १३ गते केरुङ रसुवा नाकाबाट ल्याएको ३ केजी, असोज १० र ११ गते दोलखा राङजिया नाकाबाट सडक मार्ग हुँदै ल्याइएको ७ केजी सुन बरामद गरिएको थियो ।
पछिल्लो १० वर्षमा तस्करी गरेर ल्याइएको ७ सय किलो सुन बरामद भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । सुन ओसारपसारमा संलग्न ५ सय ९९ जना पक्राउ परेका छन् । उक्त सुन ७ अर्बभन्दा बढी मूल्यको भएको प्रहरीको दावी छ । तर, एमालेले मागेको तस्करी सुनको छानविन गर्न बनेको आयोग भने के गर्दैछ भन्ने पत्ता छैन । आयोगले वास्तमै सुन तस्करीको मुल नेतृत्व पत्ता लगाउने भन्दा पनि एमालेको चित्त बुझाउने काम गरिरहेको जस्तो भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनको मूल्य २७ सयले घट्यो, तोलाको कति ?
बैशाख १९, २०८१ बुधबार
आज सुनचाँदीको मूल्य स्थिर, तोलाको कति ?
बैशाख १८, २०८१ मंगलबार
सुनको मूल्य चार सयले घट्यो, प्रतितोला कति ?
बैशाख १७, २०८१ सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने
बैशाख १९, २०८१ बुधबार
दक्षिणी चीनमा राजमार्ग भासिँदा २४ जनाको मृत्यु
बैशाख १९, २०८१ बुधबार
भारतका नियन्त्रक तथा महालेखापरीक्षक मुर्मद्वारा चन्द्रागिरि नगरपालिका अवलोकन
बैशाख १९, २०८१ बुधबार
वन डढेलो विकराल बन्दै, देशभर एक सय ६५ ठाउँमा डढेलो
बैशाख १९, २०८१ बुधबार
भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु
बैशाख १९, २०८१ बुधबार