सन् २०२३ कोइलाको अधिकतम प्रयोग हुने बर्ष : आईईए
नेपालबहस संवाददाता
मंसिर २९, २०८० शुक्रबार १७:३०:५६
२९ मंसिर, एजेन्सी । सन् २०२३ लाई कोइलाको खपत उच्च रहेको बर्ष हुने र अर्को बर्षदेखि यसमा क्रमशः कमी आउने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी 'आईईए' ले बताएको छ ।
सन् २०५० सम्ममा शुद्ध शून्य उत्सर्जन हासिल गर्न र विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्न विश्व ‘जीवाश्म ईन्धनको प्रयोगबाट क्रमश फिर्ता हुने’ भन्दै संयुक्त राष्ट्रसंघको जलवायुपरिवर्तन नियन्त्रणसम्बन्धी सम्मेलन, कोप २८ मा करिब २०० देशले सम्झौता गरेपछि आईईएको पछिल्लो पूर्वानुमान आएको हो ।
कोइला कार्बन डाइअक्साइड उत्सर्जनको सबैभन्दा ठूलो ऊर्जा–सम्बन्धित स्रोत हो जुन विश्वव्यापी तापमान वृद्धिको लागि अन्य हरितगृह ग्याँसहरूजस्तै जिम्मेवार छ ।
वैज्ञानिकहरूका अनुसार पृथ्वीमा यस पहिले नै पूर्व–औद्योगिक स्तरभन्दा १।२ डिग्री सेल्सियसले तातो भइसकेको छ र सन् २०२३ विश्वमा आँधीबेहरी, खडेरी र घातक डढेलोको विस्तारको रूपमा रेकर्डमा सबैभन्दा गर्मी वर्ष हुने अनुमान गरिएको छ ।
चीन, भारत र इन्डोनेसियामा भएको वृद्धिले युरोप र संयुक्त राज्य अमेरिकामा बढ्दो मागलाई उछिनेपछि सन् २०२३ मा सबैभन्दा दूषित जीवाश्म ईन्धनको खपत १।४ प्रतिशतले बढेर ८।५ अर्ब टन पुगेको आईईएले जनाएको छ ।
“सन् २०२४ देखि विश्वव्यापी रूपमा कोइलाको माग घट्ने प्रवृत्ति देखा पर्ने अपेक्षा गरेका छौं,” पेरिसस्थित उर्जा निकाय आईईएले उल्लेख गरेको छ ।
आईईएका अनुसार सन् २०२३ मा चीनमा मात्रै २२ करोड टन अर्थात् ४।९ प्रतिशतले कोइला खपत बढेको छ भने भारतमा आठ प्रतिशत र इन्डोनेसियामा ११ प्रतिशतले बढेको छ ।
यूरोपमा खपत २३ प्रतिशत वा १० करोड ७० लाख टनले घटेको छ भने संयुक्त राज्य अमेरिकामा ९ करोड ५० लाख टन वा २१ प्रतिशतले घटेको छ, जसको मुख्य कारण कमजोर औद्योगिक गतिविधि र कोइलाबाट निकालिएको उत्पादनबाट नवीकरणीय ऊर्जातर्फको यात्रा हो ।
आईईएले युक्रेनमा जारी द्वन्द्वका कारण हाल कोइलाको चौथो ठूलो उपभोक्ता रहेको रूसमा मागको पूर्वानुमान गर्न कठिन भएको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपडेट : लेबनानमा इजरायली आक्रमणमा २१ बालबालिकासहित २७४ जनाको मृत्यु
असोज ७, २०८१ सोमबार
लेबनानमा हिजबुल्लाहका केन्द्रमा इजरायलको आक्रमण, सयभन्दा बढीको मृत्यु
असोज ७, २०८१ सोमबार
दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ?
असोज ७, २०८१ सोमबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
रवि आजै पक्राउ नपर्ने, चीन गएका नेताहरु फर्किदै, प्रहरीले पुरक अभियोजन गर्ने
असोज ७, २०८१ सोमबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार
नवलपुरको विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटनामा २३ जना घाइते
असोज ८, २०८१ मंगलबार
विश्वकप लिग-२: नेपालले आज ओमानसँग खेल्दै
असोज ८, २०८१ मंगलबार
मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने
असोज ८, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ८, २०८१ मंगलबार
जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ
असोज ७, २०८१ सोमबार
अपडेट : लेबनानमा इजरायली आक्रमणमा २१ बालबालिकासहित २७४ जनाको मृत्यु
असोज ७, २०८१ सोमबार