इरानमा इस्लामिक जिहादी समूहको आक्रमणमा परी ११ प्रहरीको मृत्यु
नेपालबहस संवाददाता
मंसिर २९, २०८० शुक्रबार १७:३३:३८
२९ मंसिर, एजेन्सी । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानको एक प्रहरी चौकीमा इस्लामिक सुन्नी जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा ११ जना इरानी प्रहरी अधिकारीको मृत्यु भएको छ ।
“रास्क शहरमा रहेको प्रहरी मुख्यालयमा ‘आतङ्कवादी जिहादी समूह’ ले गरेको आक्रमणमा ११ जना प्रहरीको मृत्यु भएको छ भने अन्य केही अधिकारी घाइते भएका छन्,’ प्रान्तका उप–प्रशासक अलिरेजा मरहमतीले भने । सुरक्षा फौजसँग भएको गोली हानाहानमा कैयौँ आक्रमणकारीको पनि मृत्यु भएको टेलिभिजन च्यानलले जनाएको छ ।
अफगानिस्तान र पाकिस्तानसँग जोडिएको इरानको सीमा नजिकको क्षेत्रमा मध्यरातमा भएको यो आक्रमण केही वर्षयताकै सबैभन्दा घातक आक्रमण हो ।
यसको जिम्मेवारी सुन्नी जिहादी जैश अल अदल 'आर्मी अफ जस्टिस' समूहले लिएको टिभी रिपोर्टमा उल्लेख छ । सन् २०१२ मा गठन भएको जैश अल अदललाई इरानले ‘आतंकवादी’ समूहको रूपमा कालोसूचीमा राखेको छ । अफगानिस्तानसँग सीमा जोडिएको सिस्तान–बलुचिस्तान प्रान्तमा भएको अशान्तिमा लागुऔषध तस्करी गर्ने गिरोह, बलुची अल्पसङ्ख्यकका विद्रोही र सुन्नी मुस्लिम अतिवादीहरू संलग्न छन् । यसअघि पनि जुलाई २३ मा गस्तीमा रहेका चार जना प्रहरीको मृत्यु भएको थियो ।
सिस्तान–बलुचिस्तान प्रान्तमा भएको जैश अल अदल समूहले दाबी गरेको सशस्त्र झडपमा दुई प्रहरी र चार जना आक्रमणकारी मारिएको दुई हप्तापछि यो घटना भएको हो ।
गत मे महिनामा सिस्तान–बलुचिस्तानको प्रान्तीय राजधानी जाहेदानको दक्षिणपूर्वमा रहेको सरवनमा सशस्त्र समूहसँग भएको झडपमा पाँच जना इरानी सीमा रक्षकको मृत्यु भएको थियो ।
सरकारी सञ्चारमाध्यमका अनुसार उक्त आक्रमण ‘देशमा घुसपैठ गर्न खोज्ने आतङ्कवादी समूहले’ गरेको थियो तर जसका सदस्यहरू’ घाइते अवस्थामा घटनास्थलबाट भाग्न सफल भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिको सपथ लिँदै ट्रम्पले भने– म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु
माघ ८, २०८१ मंगलबार
महाकुम्भ मेलामा ८ करोड भन्दा बढी भक्तजनको सहभागीता
माघ ७, २०८१ सोमबार
ऋण लिएको स्वीकार गरेपछि रविलाई आफ्नै बयान भयो गलपासोः यस्तो छ अभियोग पत्र
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
राष्ट्रपतिको सपथ लिँदै ट्रम्पले भने– म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु
माघ ८, २०८१ मंगलबार
वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी
माघ ८, २०८१ मंगलबार
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै
माघ ८, २०८१ मंगलबार
रूकुमको एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री
माघ ८, २०८१ मंगलबार
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित
माघ ८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ८, २०८१ मंगलबार