सत्तामा कांग्रेस, सरकारविरुद्ध जाने पार्टीको निर्णय
नेपालबहस संवाददाता
मंसिर २९, २०८० शुक्रबार १९:५४:५८
२९ मंसिर, काठमाडौं । सत्ता गठबन्धनकोसमेत नेतृत्व गरिरहेको नेपाली कांग्रेसले सरकारका कामकारवाहीविरुद्ध अभियान चलाउने निर्णय गरेको छ । कांग्रेसकै संस्थापन इतर समूहको नेतृत्व गरिरहेका डा.शेखर कोइरालाले नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तिब्र आलोचना गरिरहेका बेला सरकारको भूमिकामा केन्द्रित कार्यक्रम सार्वजनिक गरेको छ ।
पुस १२ देखि चल्ने केन्द्रीय समितिको बैठक पनि सत्ता केन्द्रित हुने बताइएको छ । कांग्रेस सरकारमा सहभागि भएपनि कांग्रेसकै नेताहरुले आलोचना गरिरहेका छन् । नेता शेखर कोइरालाले त प्रधानमन्त्री प्रचण्डलाई नेतृत्व छोड्न चुनौती नै दिएका छन् । सरकारका कामले कांग्रेसको बदनाम भएको उनको भनाइ छ ।
सरकारकै विषयलाई प्राथमिकता दिएर कांग्रेसले पहिलोपटक केन्द्रीय समितिको बैठक गर्न लागेको छ । कांग्रेसबाट केन्द्रीय सरकारमा नौ जना मन्त्री छन् । बैठकमा कांग्रेसबाट मन्त्री भएकाहरुले यो अवधिमा भएका मन्त्रालयगत कार्यको जानकारी बैठकमा राख्ने छन् । आफ्नै मन्त्रीको काम प्रति पनि कांग्रेसमा ओलोचना भइरहेको छ ।
पुस १२ देखि बोलाइएको केन्द्रीय समिति बैठक मुख्यगरि सरकारको भूमिकामा केन्द्रित हुने बताइएको छ । यसअघि पदाधिकारी बैठकमा भएको छलफल अनुसार केन्द्रीय समितिमा मूलभूत रुपमा सरकारको काम कारबाहीमा केन्द्रीत रहेर छलफल हुने भएको छ । यो बैठकमा सरकारको नेतृत्वमाथि पनि प्रश्न उठ्ने देखिएको छ । कांग्रेसले अब सरकारको नेतृत्व लिनुपर्ने दवाव सभापतिलाई बैठकमा दिने केन्द्रीय सदसइहरुको तयारी छ ।
यस्तै कांग्रेसले पुस १६ गतेदेखि माघ १६ गतेसम्म एक महिने अभियान सञ्चालन गर्ने भएको छ । कार्यसम्पादन समितिको बैठकले एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । १६ पुसदेखि १६ माघसम्म वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरिने कांग्रेसले जनाएको छ । स्थगित भएको दोस्रो चरणको ‘समुदायमा कांग्रेस’ अभियान १६ पुसदेखि गर्न लागिएको छ । अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने कांग्रेसले जनाएको छ ।
साउनमा बसेको केन्द्रीय समिति बैठकले भदौ १० देखि २४ सम्म ‘समुदायमा कांग्रेस’ अभियान गर्ने निर्णय गरेको थियो । उक्त अभियान भने पार्टीले स्थगित गरेको थियो । पार्टी संगठन र नागरिकसँग जोडिने दुबै कार्यक्रम हुने महामन्त्री गगन थापाले जानकारी दिए । यस अभियानमा पनि सरकारको कामकाबारे सुझाव लिइनेछ ।
यो अभियानमा पदाधिकारी पनि खटिने छन् । संगठनका काम र समुदायसँग जोडिने काम यो अभियानले गर्नेछ । पार्टीले खटाउने प्रतिनिधिलाई तल्लो तहमा भएका विवाद मिलाउने जिम्मेवारी समेत दिइएको छ । बैठकले साउन १० मा सार्वजनिक वार्षिक क्यालेण्डर परिमार्जन गर्ने निर्णय गरेको छ । वार्षिक क्यालेण्डर परिमार्जनको जिम्मेवारी महामन्त्री थापाले पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा गृहमन्त्रीले दिए धन्यवाद
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको कांग्रेसको ठहर
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार