फिफा बर्ष खेलाडीका लागि मेसी, एम्बाप्पे र हालाण्ड मध्ये कस्ले मार्ला बाजी ?
नेपालबहस संवाददाता
मंसिर ३०, २०८० शनिबार १०:६:३३
३० मंसिर, काठमाडौं । फिफाको यस बर्षको उत्कृष्ट खेलाडी 'द बेस्ट' को अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्वजनिक गरिए पछि कसले बाजी मार्ला भनेर कौतूहलता बढेको छ ।
फिफाको अन्तिम तीनमा इर्लिंग हालाण्ड, किलीयन एम्बाप्पे र लियोनेल मेसी परे पछि धेरैले मेस्सीको सम्भावना देखाएका छन । कारण, उनले गत बर्षको विश्वकप जिताउन ठुलो भुमिका खेलका थिए ।,
फिफाले हरेक बर्ष प्रदान गर्ने द बेस्टको उपाधि यस बर्ष आगामी जनवरी १५ मा प्रदान गर्दछ । फिफाले १९ डिसेम्बर २०२२ देखि २० अगस्त २०२३ सम्मको प्रदर्शनलाई आधार बनाएर हरेक बर्ष यो अवार्ड प्रदान गर्ने गर्दछ ।
शुरुमा यस अवार्डका लागि १२ खेलाडी छनौट गरिएकोमा राष्ट्रिय टिमका कोच, कप्तान र फुटबल पत्रकार र फ्यानहरुको मतको आधारमा अन्तिम तीन खेलाडी छानिएको फिफाले जनाइसकेको छ । जसअनुसार यस अवधिमा हालाण्डले ३३ खेलमा २८ गोल गरेका थिए ।
उनले युरोपियन गोल्डेन बुट जितेका थिए भने प्रिमियर लिगको गोल्डेन बुट समेत जित्ने खेलाडी हुन । हालाण्डले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप जिताए पछि उनको दावीलाई कमजोर ठानिएको छैन ।
लियन एम्बाप्पेले पिएसजीलाई लिग वानको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए भने फ्रान्सलाई फिफा विश्वकपको फाइनलमा पुर्याएको भनेर मनोनीत गरिएको जनाउँदै आइएको छ ।
त्यस्तै २०२२ को द बेस्ट अवार्डसमेत जितेका मेसीले यस अवधिमा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका थिए । उनी फिफा द बेस्ट अवार्डका प्रमुख दाबेदार मानिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार