पुस महिनाका लागि बैंकहरुको ब्याजदर सार्वजनिक, सानिमा र प्रभुबाहेक सबैले घटाए ब्याज
नेपालबहस संवाददाता
मंसिर ३०, २०८० शनिबार १४:२०:२८
३० मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको पहिलो मौद्रिक नीतिको समीक्षाअनुसार बैंकहरुले ब्याजदर समायोजन गरेका छन् । पुस महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गर्ने क्रममा मौद्रिक नीतिलाई मानेको देखिएको छ । जसमा १८ बैंकले मंसिरको तुलनामा ब्याजदर घटाउँदा दुइवटाले स्थिर नै राखेका छन् । प्रभु बैंक र सानिमा बैंकले पुसका लागि मंसिरकै ब्याजदर कायम गरेका छन् ।
सिटिजन्स बैंकले १.३५ प्रतिशत बिन्दुले निक्षेपको ब्याजदर घटाएको छ । एभरेस्ट बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबीआई बैंकले १ प्रतिशतका दरले ब्याजदर घटाएका छन् । निक्षेपमा प्राइम बैंकले सबैभन्दा बढी ब्याज राखेको छ ।
प्रभु बैंक र सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर दिने भएका छन् । हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत दिने भएको छ । नेपाल एसबीआई बैंक र माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.६ प्रतिशत र संस्थागततर्फ ७.६० प्रतिशत ब्याजरद तोकेका छन् ।
यस्तै लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत तोकेको छ । ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत ब्याजदर तोकेको छ । एभरेस्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत र एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याज तोकेका छन् ।
सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत दिने भएको छ । नेपाल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.५५ प्रतिशत र संस्थागततर्फ ६.५५ प्रतिशत ब्याज तोकेको छ । सिटिजन्स बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.३५ प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत ब्याज रहेको छ ।
यस्तै कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.०१ प्रतिशत र संस्थागततर्फ ७.०१ प्रतिशत तोकेको छ । नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत तथा स्टान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.५६ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याज तोकेका छन् ।
राष्ट्रिय बाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६१ प्रतिशत र संस्थागततर्फ ६.६१ प्रतिशत तोकेको छ । कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.३१ प्रतिशत र संस्थागततर्फ ७.३१ प्रतिशत, एनआईसी एसिया व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६७ प्रतिशत र संस्थागततर्फ ६.६७ प्रतिशत ब्याज तोकेका छन् ।
प्राइम कमर्सियल व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याज दिने भएका छन् ।
वाणिज्य बैंकहरूको औसत ब्याजदर मंसिरको तुलनामा ०.६२ प्रतिशतले घटेर ८.९९ प्रतिशतमा झरेको छ । मंसिरमा वाणिज्य बैंकको औसत ब्याजदर ९.९१ प्रतिशत थियो । सबैभन्दा बढी हिमालयन बैंकले ब्याजदर घटाएको छ । मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपमा १०.६०३ प्रतिशत राखेको यस बैंकले अधिकतम ब्याजदर पुसमा २ प्रतिशतबिन्दु घटेर ८.६०३ प्रतिशतमा झरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहोटल ली हिमालयमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
मंसिर ७, २०८१ शुक्रबार
कुमारी बैंकको शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा
मंसिर ६, २०८१ बिहिबार
आज दुई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार