कोशीमा ६ जना पहिचानवादी पक्राउ
नेपालबहस संवाददाता
मंसिर ३०, २०८० शनिबार १४:४७:४६
३० मंसिर, विराटनगर । कोशी प्रदेशमा सार्वजनिक यातायात बन्द गराउँदै हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान धरानबाट ५ जना र झापाको केरखाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
नेकपा एमालेको संकल्प यात्रा बिथोल्न खोजेको आरोपमा पक्राउ परेकाहरूलाई रिहा गर्न माग गर्दै कोशीका आन्दोलनकारीले आज बन्दको घोषणा गरेका थिए । प्रहरीले भने बन्दको प्रभाव आंशिक मात्रै रहेको जनाएको छ ।
धरानबाट ५ जना र झापाबाट एक जनालाई पक्राउ गरिएको कोशीका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले पक्राउ परेका आफ्ना ३५ जना नेता, कार्यकर्ताहरूको रिहाइको माग गरेका छन् ।
बन्द आह्वानका कारण पहाडी जिल्लाहरूमा यातायातका साधन चल्न सकेका छैनन् । नेकपा एमालेको संकल्प यात्राको टोली आज दिउँसो तेह्रथुमबाट पाँचथर पुग्दैछ । पाँचथरमा यातायात ठप्पप्रायः छ । एमालेले भने आज फिदिममा आयोजना गर्ने आमसभाका लागि बसबाट जिल्लामा सहभागी ओसारिरहेको एमाले नेताहरूले बताएका छन् ।
बन्दका कारण तराईका सुनसरीको धरान, उदयपुर, झापाको पश्चिम क्षेत्र बढी प्रभावित छ । पूर्व पश्चिम राजमार्गमा सवारी साधन अरू बेलाभन्दा केही पातलो चलेको छ । मंसिर २६ मा कोशी प्रदेश प्रवेश गर्ने एमालेको यात्रा रोक्न सोही दिन पक्राउ परेका पूर्वमन्त्री गोपाल किराती, झापाका पाण्डवलाल चौधरीसहितका ३५ जनाको विनाशर्त रिहाइको माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार