जनकपुरमा १०१ क्विन्टल अन्नबाट बनाइयो राम जानकी स्वयंवर प्रतिमा, बिश्व रेकर्डको अपेक्षा
नेपालबहस संवाददाता
मंसिर ३०, २०८० शनिबार १७:१३:५
३० मंसिर, जनकपुरधाम । सीताराम विवाहपञ्चमी महोत्सवलाई लक्षित गरी जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको राम जानकी स्वयंवर प्रतिमा निर्माण गरिएको छ । १०१ क्विन्टल अन्नबाट सीतारामको प्रतिमा बनाइएको हो ।
अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले रौनक बढाएको छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनकलाई अन्नबाट निर्मित सीतारामको प्रतिमाले झनै बढाएको हो । विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदान (१२ बिघा)मा निर्माण गरिएको ११ हजार ११ स्क्वायर फिटको सो प्रतिमालाई शनिबारदेखि सर्वसाधारणको अवलोकनका निम्ति समेत खुला गरिएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको संयोजकत्वमा निर्माण समितिद्वारा निर्मित सो प्रतिमामा भगवान् सीतारामको स्वयंवरको दृश्य र राजर्षि जनक तथा गुरु विश्वामित्रको पनि प्रतिमा बनाइएको छ । प्रतिमामा ११ प्रकारका १०१ क्विन्टल अन्नको प्रयोग गरिएको छ ।
भारतीय कलाकारले निर्माण गरेको सो प्रतिमाले नेपाल–भारतको साझा संस्कृतिलाई दर्शाइरहेको वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मिणाले बताए । सो प्रतिमा बनाएर अन्नको दुरुपयोग गरिएको भन्दै आलोचना पनि भइरहेको छ । तर, प्रतिमा बनाउन प्रयोग गरिएको अन्न खेर नजाने निर्माण समितिले जनाएको छ ।
विश्व कीर्तिमान कायम गरी जनकपुरको पर्यटन प्रवर्द्धनका लागि सीता–राम स्वयंवर प्रतिमा निर्माण गरिएको जनकपुर उद्योगा वाणिज्य संघका उपाध्यक्ष अम्भुप्रसाद साहले बताए । उक्त प्रतिमाको उत्तर छेउमा रामका गुरु विश्वामित्र र दक्षिण छेउमा जानकीका बुबा जनकको प्रतिमा निर्माण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार