पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा १८ यात्रु घाइते
नेपालबहस संवाददाता
पुस १, २०८० आइतबार १२:९:५३
१ पुस, दमौली 'तनहुँ' । मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग२ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
घाइते हुनेमा तनहुँ भानु नगरपालिका वडा नं १ साजबोटेका १० वर्षे असिमा साही, भानु नगरपालिका वडा नं ३ चाम्बासका २१ वर्षे सबिता सुनार, १९ वर्षे सबिना सुनार, मोरङ कटेरी गाउँपालिका वडा नं २ का ३० वर्षे प्रदीप गोदार छन् ।
त्यस्तै भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्कका ४० वर्षे सुरन राई, व्यास नगरपालिका वडा नं २ का ३४ वर्षे पिल्लिमाया थापा, बन्दीपुर गाउँपालिका वडा नं १ का ५२ वर्षे ज्ञानदेवी श्रेष्ठ र २० वर्षे स्नेहा श्रेष्ठ, व्यास नगरपालिका वडा नं २ का २१ वर्षे एन्जल भट्टराई, आँबुखैरेनी गाउँपालिका वडा नं ५ छिम्केश्वरीका ४१ वर्षे पूर्णबहादुर गुरुङ पनि घाइते भएका छन् ।
साथै भानु नगरपालिका वडा नं १ साझबोटेका २६ वर्षे बबिता थापा, ३० वर्षे नविन थापा, १२ वर्षे दुर्गा थापा, सात वर्षे नविना थापा, व्यास नगरपालिका वडा नं २ डाङग्रे खोल्सीका ४० वर्षे दीपा थापा, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्कका ५० वर्षे सुमित्रा राई, व्यास नगरपालिका वडा नं ११ मूलपानीका ३६ वर्षे जुनु भट्टराई र आठ वर्षे पूर्णिमा भट्टराई छन् ।
घाइतेमध्ये दश जनाको दमौली अस्पतालमा र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार