पाँचथरको चिवाभञ्ज्याङ पुगेर ओलीले फहराए नेपालको झण्डा, यात्राले ब्याप्त निराशालाई चिरेको दावी
नेपालबहस संवाददाता
पुस १, २०८० आइतबार १३:८:५०
१ पुस, पाँचथर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचथरको चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । उनले एक समारोहकाबीच नेपालको झण्डा फहराएका हुन् । पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित नेकपा एमालेको संकल्प यात्रा सकिएको छ ।
झुलाघाट–चिवा भञ्ज्याङ संकल्प यात्राको क्रममा पाँचथर सदरमुकाम फिदिमबाट ओली नेपाल भारत सीमा क्षेत्रमा रहेको चिवाभञ्ज्याङ आइपुगेका छन् । बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर मध्यपहाडी पुष्पलाल मार्ग हुँदै एमाले अध्यक्ष ओलीसहितको टोली १८ दिनमा पाँचथरको चिवाभञ्ज्याङ आइपुगेको हो ।
पाँचथरको चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन गर्दै ओलीले संकल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको बताए । देश र जनताको हितलाई सर्वोपरी ठान्नेहरुको मनोबल उच्च बनाएको उनको भनाइ छ ।
संकल्प यात्राले मुलुकमा ब्याप्त निराशा चिर्न सक्ने शक्ति एमाले भएको पुष्टि गरेको अध्यक्ष ओलीले बताए । तर गठबन्धन सरकारका कारणले मुलुक चिन्ताजनक अवस्थामा पुगेको बताए । ‘देशको राजनीति अलमलमा छ, देशको समय र जनताको आयु खेर गएको छ’, अध्यक्ष ओलीले भने ।
गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवा भञ्ज्याङसम्म चलेको मध्यपहाडी संकल्प यात्राले देश विकासको खाका बनाउने आधार तयार पारेको उनले बताए । ‘संकल्प यात्राले देश विकास र समृद्धिको दिशामा अघि बढाउन असाधरण भूमिका खेलेको छ’, उनले भने ।
चिवाभञ्ज्याङमा आजको कार्यक्रमसँगै एमालेको संकल्प यात्रा औपचारिक रूपमा समापन हुनेछ । मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार