सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीश पौडेलको ब्रिफिङ, ‘उच्चमा रहँदा ४ हजार ७७५ मुद्दाको फैसला गरे’
नेपालबहस संवाददाता
पुस १, २०८० आइतबार १३:२८:४३
१ पुस, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले सर्वोच्चको कार्यबोझ न्यूनीकरणका निम्ति संविधान तथा कानुन परिमार्जनको प्रस्ताव समितिमा पेस गरेका छन् । आइतबार संसदीय सुनुवाइ समितिको बैठकमा उनले पेस गरेको कार्यायोजनामा अदालतमा अहिले मुद्दाको संख्या वृद्धि हुने क्रम बढेको उल्लेख छ ।
सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस भएका उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेलले आफ्नो अवधारणा पत्र र कार्ययोजना प्रस्तुत गरेका हुन् । समितिमा उनले १५ पृष्ठ लामो अवधारणा पत्र र कार्ययोजना प्रस्तुत गरेका छन् ।
न्याय अनुभूत गरिने र सन्तुष्टि प्राप्त गरिने विषय भएकाले न्यायपालिकाबाट सम्पादन भएका काम कारबाही स्वच्छ, सरल, शीघ्र, प्रभावकारी र गुणस्तरीय भएमा मात्र न्यायका सेवाग्राही र आम जनसाधारणले न्यायको अनुभूति र सन्तुष्टि प्राप्त गर्ने उनको भनाई छ । न्यायकर्मीहरुको निष्ठा, इमानदारिता, लगनशीलता र प्रतिबद्धताले नै न्यायपालिकाबाट प्रवाह हुने सेवालाई स्वच्छ, गुणस्तरीय र प्रभावकारी बनाउन सकिने उनको भनाइ छ ।
मिति २०५० साल श्रावण १ गतेदेखि निजामती सेवा अन्तर्गत न्याय सेवाको शाखा अधिकृतबाट सुरु भएको आफ्नो न्याय सेवाको यात्राले तीन दशक पार गरेको पौडेलले जिकिर गरेका छन् । यी तीस वर्षमा आफूले इमानदारिता र निष्ठालाई आदर्श तथा आधार मानी देश र देशवासीका हित र सेवामा आफूलाई समर्पित गरेको दाबी गरेका छन् ।
उच्च अदालतको न्यायाधीशको रूपमा करिब सात वर्ष सेवा गर्दा जम्मा ४७ ७५ मुद्दामा फैसला गरेको छु जुन वार्षिक सरदर ७०० को दरले रहेको छ र उच्च अदालतका न्यायाधीशको औसत प्रतिव्यक्ति फर्छ्यौट दरभन्दा धेरै माथि छ,’ उनको जिकिर छ ।
न्याय सेवाका विभिन्न पदमा रही कार्य गर्दा सरकारी वकिलको रूपमा अभियोजनसमेतका कार्य, दुवै संविधान सभाको निर्वाचनमा कानुन महाशाखा प्रमुख, राज्यकै सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिको २०७९ सालको निर्वाचनमा निर्वाचन अधिकृत, केही समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार विरुद्ध अनुसन्धान कार्य र सचिवका रूपमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा रहँदा सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्य गर्ने अवसर प्राप्त गरेको उनले जानकारी दिएका छन् । राज्यका महत्त्वपूर्ण जिम्मेवारीमा रहँदा तोकिएका सबै जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गरेको उनले बताए ।
यस्तो छ सर्वोच्चमा प्रस्तावित न्यायाधीश पौडेलको अवधारणा पत्र र कार्ययोजना
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार