प्रतिकूल मौसम र रोगकीराले म्याग्दीमा सुन्तला उत्पादन घट्यो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस १, २०८० आइतबार १५:३६:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/suntala-e1640593233618_A4KM5B9b9T_KBm58LIVRN.jpg)
१ पुस, म्याग्दी । गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा उन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा करिब दश प्रतिशतले उत्पादन घटेको अनुगमन गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोन कार्यालयले जनाएका छन् ।
जिल्लाबाट निकासी हुने प्रमुख कृषि उपजका रुपमा सुन्तलालाई लिने गरिन्छ । सुन्तला जोनका कृषि अधिकृत विक्रम बस्यालले फूल खेल्ने र बटिला लाग्ने समयमा बेमौसमी वर्षा, असिनापानी र रोगकीराको समस्याका कारण सुन्तला उत्पादन घटेको बताए ।
“सुन्तला खेती हुने क्षेत्रफल र उत्पादनयोग्य बोटको सङ्ख्या बढेपनि प्रतिकूल मौसम र रोगकीराका कारण उत्पादकत्व नौ प्रतिशतले घटेको प्रारम्भिक अनुमान गरेका छौँ,” उनले भने, “क्रम कटिङ रिपोर्ट तयार पार्न बाँकी छ । किसनाको भनाइ र स्थलगत अनुगमन गर्दा यसपाली म्याग्दीमा सुन्तला उत्पादन घटेको पाइएको हो ।”
म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दा बढी सुन्तला बगैँचा छन् । यतिबेला बगैँचाबाट सुन्तला टिपेर बजार पठाउन थालिएको छ । बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत ठाउँका व्यापारी सुन्तला खरिद गर्न किसानको बगैँचामै पुगेका छन् ।
सात सय छ हेक्टरमा सुन्तला जातका फलफूलको खेती भएको जिल्लास्थित ज्ञान केन्द्रले जनाएको छ । तीन सय ५५ हेक्टर भन्दा बढी जमिनको बोटले उत्पादन दिने गरेको छ । गतवर्ष तीन हजार नौ सय पाँच मेट्रिक्टन सुन्तला उत्पादन भएको थियो ।
अन्नपूर्ण गाउँपालिका–७ को दोसल्ले सुन्तला जात किसान समूहका अध्यक्ष प्रेम पाइजाले गतवर्ष रू ७५ लाखको सुन्तला बिक्री भएकामा यस वर्ष रू २५ लाख बराबरको मात्र फलेको बताए । “बजारको समस्या छैन तर यसपाली सुन्तलानै कम फल्यो,” उनले भने, “सुन्तला कम फलेकाले व्यापारीले अग्रिम पैसा दिएर हामीले नटिप्दै बगैँचाबाटै सुन्तला किनेका छन् ।”
फल पाक्ने बेलामा कीराको सङ्क्रमणबाट औसा परेर झर्ने समस्या देखिएपछि उत्पादनमा कमी आएको किसानले बताएका छन् । पाक्ने बेलामा दाना झर्ने समस्या सुन्तला खेतीमा केही वर्षयता मुख्य चुनौतीको रुपमा देखिएको दोसल्लेका किसान बेगबहादुर पाइजाले बताए ।
“सुन्तला जातका फलफूलको दानाभित्र पसेको औसाले असोजदेखि पुससम्म पहेँलो बनाइ दाना प्वाल पारेर अथवा दानालाई आफूसँगै भूइँमा खसाल्छन्”, कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामशरण कुर्मीले भन्नुभयो, “यसरी खसेका दानालाई सही तरिकाले बेलैमा व्यवस्थापन गर्नु पर्छ ।” भूइँमा खसेका औसालाई प्लास्टिकको बोरामा हावा नछिर्ने बनाएर राख्ने, पानीको पोखरीमा डुबाउने र डेढ फिट भन्दा बढी गहिरो खाडल खनेर व्यवस्थापन गर्न तालिम र प्लास्टिकको थैला वितरण गरिएको उनले जानकारी दिए ।
“झरेका दानालाई हावा नछिर्ने प्लास्टिकको बोरामा हालेर खाडलमा गाड्नुका साथै फ्रुट फलाई कीरा मार्ने खाद्यपासो प्रोटिन बेट प्रयोग गर्नुपर्छ,” कुर्मीले भने, “किसानलाई औसाले झरेका दाना, बगैँचा व्यवस्थापन र सरसफाइ गर्ने ज्ञान, सीप र प्रविधि सिकाउन स्थलगत तालिम सञ्चालन गरेका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार