तत्काल मन्त्री हेरफेरको सम्भावना छैनः मन्त्री शर्मा
नेपालबहस संवाददाता
पुस १, २०८० आइतबार १७:८:५९
१ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्री फेरबदलको सम्भावना तत्काल नरहेको बताएकी छन् । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले मन्त्री हेरफेरबारे कुनै छलफल नभएको बताएकी हुन् ।
उनले मन्त्री फेर्ने कुरा हल्ला मात्र भएको र यसमा कुनै सत्यता नरहेको बताइन् । उनले भनिन्, ‘जिम्मेवारी हेरफेर, सेट चेन्जका कुरा उठेका छन्, त्यस्तो कुनै छलफल भएको छैन, आवश्यकता अनुसार त्यस्तो हुनै हुँदैन भन्ने होइन, तर अहिले त्यस्तो छलफल भएको छैन ।’
अहिले मन्त्रीहरू परिवर्तन हुन्छन् कि भन्ने नसोच्न पनि मन्त्री शर्माले आग्रह गरिन् । ‘बाहिर आएको जस्तो हाम्रो गठबन्धनभित्र, हाम्रो राजनीतिक दलहरू भित्र छलफलको विषय बनेको छैन ।’
सरकारले लय नगुमाएको र आफ्नो उद्देश्य अनुसार नै अघि बढिरहेको मन्त्री शर्माले दाबी गरिन् । सरकारको प्राथमिकता सम्बृद्धि, सुशासन र सेवा प्रवाह सहज बनाउने रहेको र त्यसमा काम गरिरहेको उनको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार