बालेनको व्यवहार देखेर प्रधानमन्त्री प्रचण्डलाई इरिटेसन
नेपालबहस संवाददाता
पुस २, २०८० सोमबार १२:४४:५७
२ पुष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको जवाफ फर्काएका छन् । ललितपुर महानगरको स्थापना दिवसमा मेयर शाहले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए । तर, बालेनले आफ्नो कुरा नसुनेकोप्रति भने प्रधानमन्त्रीले आक्रोस पोखे ।
आफ्नो पालो आएपछि प्रधानमन्त्रीले भने, ‘बालेन्द्रजी गइहाल्नुभयो पहिला बोलेर हिँडिहाल्नेसँग पनि मलाई अलि इरिटेसन हुन्छ । आफूलाई लागेको कुरा भनिहाल्ने अनि त्यसको जवाफ सुन्न चाहिँ नबस्ने, बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म । म उहाँलाई भन्न चाहन्छु चाहे त्यो बागमतीमा बसेकाको हस्तक्षेपको कुरालाई होस्, या तीनकुनेको कुरालाई होस् । चाहे उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा कतिपटक सिंहदबारमा बैठक भयो । अहिलेको प्रधानमन्त्री जस्तो सकारात्मक र रचनात्मक ढंगले समन्वय गरेको अर्को कसैले देख्नुभएको छ ?’
काठमाडौंको मेयर भएकाले उपत्यकाका ललितपुर र भक्तपुरसँग समन्वय गर्ने जिम्मेवारी बढी बालेनकै भएको उनको भनाइ छ । बालेनले गर्न चाहेको सबै काममा आफ्नो सहयोग र समर्थन रहँदा पनि बालेनले उक्त सहयोगलाई स्वीकार गर्न नचाहको उनको भनाइ छ । आफूले काठमाडौंको फोहार व्यवस्थापन, तीनकुनेको समस्या समाधान, र बागमतीका बारेमा सिंहदरबारमा धेरै मिटिङहरु गरेर निकास खोज्न पहल गरेको कुरालाई बालेनले स्वीकार गर्न नचाहेको उनको भनाइ छ ।
उनले भने, ‘बागमतीको हस्तक्षेपको कुरालाई लिएर होस्, तीनकुनेको कुरा र फोहोरमैला ब्यवस्थापनको निम्ति काठमाडौं उपत्यकाभित्र मिलेर काम गर्न कति पटक चाहीँ सिंहदरबारमा बैठक भयो ?’ प्रश्न गर्दै उनले भने, ‘अहिलेको प्रधानमन्त्री जत्तिको सकारात्म, रचनात्मक ढंगले यो समस्या समाधान गर्न समन्यवय गरेको अर्को कहि कसैले देख्नु भएको छ ? तपाईँ त्यसलाई रिकोग्नाइज गर्न किन डराउनु हुन्छ ? तपाईँ काठमाडौं महानगरपालिकाको मेयर हुनुको नाताले ललितपुर, भक्तपुर र काठमाडौंभित्रका अरु नगरपालिकालाई समन्वय गर्ने जिम्मेवारी छ । मैले तपाईलाई सहयोग गर्छु भन्ने कुराको रिकोग्नाइज गर्न तपाइँलाई के ले रोक्यो ?’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार