संघीयताको पक्षमा स्थानीय जनप्रतिनिधि बोल्न डराउने हो भने परिस्थिति झन जटिल बन्नसक्छः प्रधानमन्त्री
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस २, २०८० सोमबार १३:४८:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/Prachand-Lalitpur-mahanagar-sthapa-diwash-7_BgjIefK3Ji_mCdRfwgNiA.jpg)
२ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहका जनप्रतिनिधिलाई संघीयताको पक्षमा बोल्न आग्रह गरेका छन् । ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकार आएपछि विकासले फड्को मारेको र त्यो संघीय लोकतान्त्रिक गणतन्त्रले सम्भव भएको बताए ।
संघीयता आएपछि अहिले ७ सय ५३ स्थानीय तहकै काम हेर्दा गर्व महसुस हुनुपर्छ । तर संघीयताको वाहकहरुले जनताको सरकार बारे जनतालाई बुझाउन कन्जुस्याँई गरिरहेका छन् । ऐतिहासिक परिवर्तनबारे जनतालाई भनेनौं भने देश पछाडि फर्किन सक्छ । संघीय लोकतान्त्रिक गणतन्त्रबारे स्थानीय सरकारका प्रतिनिधिले किन सकारात्मक किन भन्दैनौं ?’ प्रचण्डले प्रश्न गरे ।
स्थानीय तहको जनप्रतिनिधिले संघीयताको पक्षमा किन नबोलेको भन्दै गुनासो समेत गरे । प्रचण्डले गणतन्त्र विरोधीहरुले नकारात्मक भास्य बनाएर सम्पूर्ण सविधान र परिवर्तनलाई निस्तेज गर्ने कसरत गरिरहेको भन्दै परिवर्तनका बाहकहरुले बोल्नुपर्ने बताए । आफू एक वर्षको समीक्षा पछि फरक ढंगले काम गर्ने भन्दै संघीयता बलियो बनाउन निजामती ऐन, संघीय शिक्षा ऐन, प्रहरी समायोजन ऐन ल्याउने समेत बताए ।
प्रधानमन्त्री प्रचण्डले परिवर्तनको ऐतिहासिक महत्व, जनतालाई अधिकार सम्पन्न बनाएको र सबै उत्पीडित वर्ग समुदायलाई अधिकार र पहिचान दिलाएको कुरा जनतामाझ सम्प्रेष गर्न नसके देश फरि पछाडि फर्किने खतरा बढ्ने बताए । उनले प्राप्त उपलब्धीहरुलाई जनतामाझ पुर्याउन नसके देश दुर्गतीतिर फर्किने खतरा बढ्ने बताए । नेपालमा नेगेटिभ कुरा गर्न प्रवृत्ति बढेको उनले बताए । अब राजनीतिक दलहरुले राजनीतिक स्थायित्व, विकास र समृद्धिको यात्राबाट जनतामा आशा जगाउन र भरोसा दिलाउन सक्नुपर्ने उनले बताए ।
‘नेगेटिभ कुरा बढि गर्ने बानी बस्न थाल्यो नेपालमा । सकारात्मक नदेख्ने, सकारात्मक र उज्यालोतिर नहेर्ने, खाली अध्यारो र नकरात्मक । यस्तो भयो भने हामीले राजनीतिक स्थायित्व, विकास र समृद्धिको यात्रा,जनतामा आशा जगाउने, जनतालाई भरोसा दिने काम गर्न सक्दैनौं । के संघीय लोकतान्त्रिक गणतन्त्र र स्थानीय सरकारले प्रत्यक्ष जनतासँग सहकार्य गरेर विकास निर्माण र सेवा प्रदानमा पहिलाको भन्दा राम्रो गरेको छैन र ?’ प्रश्न गर्दै उनले भने, ‘पक्कै गरेको छ । किन त्यो कुरालाई हामी सकारात्मक ढंगले भन्दैनौं ? यो परिवर्तन ल्याउने तमाम योद्धाहरु, राजनीतिक दल र नेताहरुको भूमिकालाई हामीले किन सकारात्मक ढंगले भन्दैनौं ?’
केही मानिसहरुले गणतन्त्र, संघीयता सामावेशिता र समानुपातिकताको विरोध गरेको उनले बताए । ती मान्छेहरुले नकारात्मक भाष्य बनाएर यो संविधान र परिवर्तनलाई नै निस्तेज पार्ने कसरत गरिरहेको उनको दाबी छ । यस्तो बेलामा परिवर्तनका वहाकहरुले पनि लहैलहैमा लागेर यो पनि ठीक छैन, त्यो पनि ठीक छैन, सबै सिद्धियो, डुब्यो भन्न थालियो भने राम्रो नहुने उनको भनाइ छ ।
रोजगारी नपाएर, विकास नभएर नेपाली युवाहरु या शिक्षित समुदायहरु विदेश जाने लर्को लागेको कुरामा आंशिक सत्य रहेको उनले बताए । हजारौ युवाहरु दिनै विदेश जाने कुरा सबैका लागि चिन्ताको विषय भएको उनले बताए । सबैले हजारौ युवाहरु रोक्नै सकिएन, विकास नभएर, रोजगारी नभएरमात्रै भनेरमात्रै समस्याको समाधान हुनेवाला नरहेको उनले बताए । सरकारले रोजगार सिर्जना गर्न नसकेको, प्राकृतिक स्रोत साधानको सचित प्रयोग गर्न नसकेको कुरालाई स्वीकार गर्दै उनले अहिलेको पुस्तामा देशभक्तिको भावनामा कमी आएको बताए । उनले रोजगारी नभएर र सरकारकै कारणले पढेलेखेका मानिर र युवाहरु विदेश गए भन्ने कुरामा सत्यता नरहेको बताए ।
आफूले पश्चिम नेपालका केही जिल्ला भ्रमण गर्दा स्कुलका हेडमास्टरहरु समेत ५०÷६० लाख तिरेर विदेश जाने लहर चलिरहेको उनले बताए । नेपालको उर्वर जमिन बाँझो राख्ने, भएको जागिर छोड्ने जस्ता विषयलाई उल्लेख गर्दै उनले नेपालीमा देशभक्तिको भावना मर्दै गएकोमा चिन्ता ब्यक्त गरे । अहिले जसले केही गर्न बल गर्दैछ उसैलाई गाली गर्ने र जो नेपालमै बस्न चाहन्छ उसैलार्ई गाली गर्ने प्रवृत्ति बढेको बताए । छिट्टै नै संघीय निजामति ऐन र संघीय शिक्षा ऐन ल्याएउने समेत उनले बताए ।
दाहालले काठमाडौंको फोहोर उपत्यकामा देखिएको फोहोरको समस्या सबै स्थानीय तहको मुलुभत समस्या रहेको संघीय सरकारलाई अवगत रहेको बताएका छन् । संघीय सरकारले फोहोर समस्या यसको लागि वैज्ञानिक र दीर्घकालिन समाधानको लागि पहल भइरहेको बताएका थिए ।
खानेपानी समस्याको लागि संघीय सरकारले काम गरिरहेको भन्दै सार्वजनिक खरिदको नीतिगत सुधारको लागि पहल भइरहेको दाहालले सुनाए ।
ललितपुरले पुनर्निर्माण र सम्पदा संरक्षणमा गरेको काम प्रशंसा गर्दे प्रचण्डले लदिलतपुरका मेयर चिरीबाबु महर्जनको तारिफ गरे । उनले जमिन बाँझो राखेर विदेश जाने, भएको जागिर छोडेर हिँडेर जानुले देशभक्तिको भावना मर्दै गएको बताएका थिए । ‘नेपालीले आचारसंहिता विर्सँदै गएको भन्दै नयाँ पुस्तालाई राष्ट्रप्रेम सिकाउन अनुरोध गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार