उदीपुर–रिठ्ठेबगर–नौथर सेरा सडक पाँच महिनादेखि अलपत्र
नेपालबहस संवाददाता
पुस २, २०८० सोमबार १५:४:४१
२ पुस, लमजुङ । पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक अलपत्र अवस्थामा छ । सरकारले एक पालिकामा एक सडक पु¥याउने अभियानअन्तर्गत् अघि बढेको यस सडकमा ठेकेदारले काम नगर्दा पाँच महिनादेखि अलपत्र अवस्थामा रहेको हो ।
पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख विवेक सिग्देलका अनुसार ठेकेदारले आर्थिक पाटोलगायत कारण देखाउँदै काम अलपत्र बनाउँदै आएको छ । गत असारपछि सडक निर्माणको काम ठप्प हुँदै आएको छ । ठेकेदारले रोकिएको कामलाई केहि दिनमा निरन्तरता दिने बताएको उनकाे भनाइ छ ।
निमित्त प्रमुख सिग्देल भन्छन्, “निर्धारित समयमा काम पनि हुनसकेन अहिले सडक निर्माण सम्झौताको म्याद सकिएर थप गर्ने प्रक्रियामा छ । सडक अलपत्र रहदा बर्खामा हिलाम्मे र हिउँदमा दुलाम्मे हुँदा स्थानीयवासीलाई समस्या हुने गरेको छ ।
हिउँदामा घर अगाडि धुलो आएर घर तथा मान्छे पनि नचिनिने हुने गरेको स्थानीयवासीले गुनासो गरेका छन् । स्थानीयवासी ईश्वरराज सेडाइँ भन्छन्, “सडक बनेको ठाउँ पनि भत्किन थालेको छ, सडकमा विच्छ्याएको ढुङ्गा सवारी साधन गुडाउँदा उछिटिन्छ र दुर्घटना हुने जोखिम हुन्छ ।
जिल्लाको सदरमुकाम बेँसीसहर जान होस् वा पालिका केन्द्र पुग्नलाई सडकका कारण सास्ती हुनेगरे पनि सम्बन्धित निकायाको ध्यान पुग्न सकेको देखिदैँन । गाउँपालिका अध्यक्ष युवराज अधिकारी नागरिकको दैनिक यात्रा सहज बनाउनका लागि जतिसक्दो चाँडो सडकको कामलाई निरन्तरता दिँदै सम्पन्न गर्न आफूले पहल गर्दै आएको बताउँछन् ।
निर्माणकार्य ठप्प हुँदा झ्न बढी स्थानीयवासीलाई समस्या उत्पन्न भइरहेकाले आफैले सम्बन्धित निकायलाई ताकेता गर्दै आएको उनको भनाइ छ । पूर्वाधार विकास कार्यालयका अनुसार ६० प्रतिशत भौतिक प्रगति भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा जिल्लाको दोर्दी गाउँपालिकाको केन्द्र जोड्न यस उदीपुर–रिठ्ठेबगर–नौथर सेरा सडक कालोपत्र गर्न थालिएको हो ।
पूर्वाधार विकास कार्यालयका इञ्जिनियर राजेश अधिकारीका अनुसार अझै ४० प्रतिशत भौतिक प्रगति हुन बाँकी छ । यस सडकको साँढे तीन किलोमिटरको स्टक्चरको काम सम्पन्न भइसककोे छ ।अन्य भागमा भने स्टक्चरलगायत काम बाँकी छ ।
त्यस्तै, ग्याबेल, ग्याबिन बाल, मेसिन वालको काम गर्न बाँकी रहेको उक्त कार्यालयले जनाएको छ । सडकको बेस बसाउने काम सम्पन्न भएको छ भने पाँच किलोमिटर नाला निर्माण गरिएको छ । सम्झौताअनुसार विसं २०७९ असार २ गतेभित्र कालोपत्रे गरिसक्नुपर्ने भए पनि यससडक कोरोनाका कारण काम सुरु गर्न ढिलाइ भएको देखाएर निर्माण कम्पनीले गत पुस महिनासम्ममा निर्माणका लागि थप म्याद पाएको थियो । तर सो समय भित्र पनि निर्माण नभएपछि पुनः म्याद थप गर्दै विसं २०८० असार २९ गतेसम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो ।
पुनः थप म्याद मंसिर २८ गतेसम्म रहेकामा सो म्यादसमेत यतिबेला सकिएको छ । सडकको निर्माण कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौंले गर्दै आएको यस सडकका लागि विसं २०७७ असार ३ गते ठेक्का सम्झौता भएको थियो ।
प्रदेश सरकारको रु २६ करोड २९ लाख छ हजार दुई सय २५को लागतमा सात दशमलव एक सय २१ किलोमिटर सडक कालोपत्र हुन लागेको छ । पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका–१ उदिपुरदेखि दोर्दी गाउँपालिका–४ मा रहेको दोर्दी गाउँपालिका जोड्ने यस सडकको अस्फाल्ट कालोपत्र हुनेछ । यस सडकले बेँसीसहर नगरपालिका र दोर्दी गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् । दोर्दी गाउँपालिका केन्द्र जोड्ने यस सडकको अधिकांश भाग भने बेँसीसहर नगरपालिकाभित्र पर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार