प्रधानमन्त्री प्रचण्डले एक्सन रुमबाटै गरे नारायणघाट-बुटवल र मुग्लिङ पोखरा सडकको अनुगमन
नेपालबहस संवाददाता
पुस २, २०८० सोमबार १६:५:४६
२ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित कार्यालयमा रहेको ‘एक्सन रुम’ बाट दुई सडक आयोजनाको अनुगमन गरेका छन् । उनले सोमबार अपराह्न एक्सन रुममा बसेर नारायणघाट–बुटवल सडक र मुग्लिङ–पोखरा सडक आयोजनाको अनुगमन गरिरहेको मुख्य सचिव डा. बैकुण्ठ अर्यालले जानकारी दिए ।
सर्वसाधारणको गुनासो बढेपछि प्रधानमन्त्री प्रचण्डले एक्सन रुमबाट अनुगमन गरेका हुन् । अनुगमनका क्रममा रुममा प्रधानमन्त्रीसँगै मुख्य सचिव अर्याल, प्रधानमन्त्री कार्यालयकै सचिवहरु, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, सचिव केशव कुमार शर्मा सडक विभागका प्रमुख शुशीलबाबु ढकाल उपस्थित थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेकेदारलाई पटकपटक चेतावनी दिँदै आएको छ । तर, लामो समयदेखि निर्माणाधीन रहेको दुवै सडक आयोजना ठेकदारको ढिलासुस्ती जारीनै छ । डेढदेखि दुई घण्टा लाग्ने नारायणघाट बुटवलको बाटो अहिले चारदेखि पाँच घण्टासम्म यात्रा गर्नुपर्ने बाध्यता छ । मुग्लीनदेखि पोखरासम्मको साँघुर बाटो बिस्तार गर्ने योजनाको काममा पनि ढिलासुस्ती हुँदै आएको गुनासो प्रधानमन्त्री कार्यालयसम्म पुग्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
मंसिर २८, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
मुग्लिन–पोखरा सडक पॉच दिन अवरुद्ध हुने
मंसिर २८, २०८१ शुक्रबार
नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोः प्रधानमन्त्री
मंसिर २८, २०८१ शुक्रबार
सुनचाँदीको मूल्य घट्यो, प्रतिताेला कति ?
मंसिर २८, २०८१ शुक्रबार
क्रिकेटका लिजेन्ड ब्रायन लारा काठमाडौंमा
मंसिर २८, २०८१ शुक्रबार