गृहको ढिलाइले आईजीपीलाई सात एसपी छान्न सकस
नेपालबहस संवाददाता
पुस २, २०८० सोमबार १९:०:१०
२ पुस, काठमाडौं । नेपाल प्रहरीका रिक्त प्रहरी उपरिक्ष (एसपी) पदमा बढुवा गर्न प्रहरी प्रधान कार्यालयलाई निकै हम्मे परेको छ । समयमै बढुवा गर्न नसकेको भनेर प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर आलोचित पनि हुने थालेका छन् । प्रक्रिया मिलाएर रिक्त रहेका भन्दा बढी पदमा डीएसपीहरूको बढुवा गरेर एसपीमा ल्याउने उनको तयारी छ । तर, गृहमन्त्रालयले पठाउनुपर्ने फाइल मन्त्रिपरिषदमा पठाएको छैन् ।
महानिरीक्षक कुँवरले भरसक प्राविधिक तर्फका दरबन्दी मिलाएर बढुवा गर्ने तयारी गरेका छन् । बढुवाका लागि प्रतिस्पर्धी धेरै भएकाले तत्काल छान्न नसक्नु अर्को कारण पनि रहेको छ । प्रहरी प्रधान कार्यालयले बढुवा गर्नुपर्ने सात एसपीका लागि अहिले १२ जना डीएसपी प्रतिस्पर्धामा छन् । एकै ब्याजमा भर्ना भएर आएका डीएसपीहरूको संख्या धेरै छ ।
बढुवा प्रक्रिया मिलाउनका लागि प्रहरी प्रधान कार्यालयले प्राविधिक तर्फका दुई दरबन्दी साधारण समूहतर्फ समायोजन गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । दुईजना थप गरेर ९ जनालाई बढुवा गर्ने तयारीमा महानिरीक्षक कुँवर छन् । प्राविधिक र एमटी (सवारी व्यवस्थापन) शाखामा रिक्त दरबन्दीलाई साधारण समूहतर्फ सारेर नौ पुर्याउने उनको तयारी छ । यसका लागि मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने हुन्छ ।
मन्त्रिपरिषदबाट निर्णय भएर आउनुपर्ने भएकाले यो प्रक्रियाका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा प्रस्ताव पनि पठाइसकेको छ । प्रहरी मुख्यालयले पठाएको पस्तावमाथि अहिले अध्यायन भइरहेको गृहका एक अधिकारीले बताए । आउने मन्त्रिपरिषदमा उक्त प्रस्ताव लैजाने गृहमन्त्रीको तयारी छ । एसपी बढुवामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि चासो छ ।
बढुवाको तयारीमा रहेका डीएसपीहरूले पनि आफूलाई बढुवामा पार्नका लागि अनेक उपायहरु अपनाइरहेका छन् । मेरो डीएसपीलाई एसपीमा बढवा गरिदिनुपर्यो भनेर गृहमन्त्री समक्ष धाउने नेताहरूको संख्या नि धेरै छ । जति बढुवा रोकेर राख्यो उतिनै महानिरीक्षक कुँवर दवावमा पर्दै आएका छन् । प्रक्रिया अनुसार नै बढुवामा जाँदा प्रतिस्पर्धी धेरै छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार अहिले बढुवा प्रक्रियामा रहेकाहरू सबैले एकैसाथ ०६१ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका छन् । उनीहरू ०७२ साउन १ गते डीएसपीमा बढुवा भएका थिए । उनीहरूसँगैका केही डीएसपी गएको वैशाखमै बढुवा भइसकेका छन् । यो ब्याचका डीएसपी तीन चरणमा बढुवा भएर एसपी बन्ने चरणमा छन् ।
१२ डीएसपीमध्येबाट अहिले सातजना मात्र बढुवा हुने भएकाले बाँकी पाँचजना छुट्नेछन् । सोही कारण अहिले बढुवामा महानिरीक्षक कुँवरलाई सकस परेको हो । गएको मंसिर ५ गते पाँच एसपी एसएसपीमा बढुवा भएका थिए । त्यससँगै एसपीतर्फ रिक्त दरबन्दीको संख्या सात छ । त्यसअघि, एसपीतर्फ दुई दरबन्दी रिक्त थियो ।
१२ जनामध्ये हाल बढुवाको डीएसपीहरू प्रदीपबहादुर क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जन दत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे एसपीको प्रतिस्पर्धामा छन् । सहजै बढुवा हुँदा १२ जनामध्येबाट उत्कृष्ट कार्यसम्पादन भएका डीएसपीको एसपीमा बढुवा हुनुपर्ने हो ।
प्रतिस्पर्धी १२ जनाले नै आफ्नो बढुवाका निम्ति विभिन्न शक्तिकेन्द्रमार्फत प्रहरी महानिरीक्षक कुँवरमाथि दवाव सिर्जना गरिरहेका छन् । एसपीसम्म बढुवाको अधिकार आईजीपीलाई हुन्छ । एसएसपीदेखि माथिल्लो तहको बढुवा गृह मन्त्रालयका सचिवको अध्यक्षताको बढुवा समितिले गर्ने गर्छ । सत्ता गठबन्धनमा रहेका दलहरू र बाहिरबाट पनि मेरो मान्छे बढुवा गरिदिनुपर्यो भनेर आउनेको लर्को छ । सम्भवतः अब बस्ने मन्त्रिपरिषदको बैठकपछि महानिरीक्षक कुँवरले मिलाएर ९ जनालाई एसपीमा बढुवा गर्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार