गठबन्धन सरकारका कारण नागरिक भाडाका सेना हुन विदेश छिरेः जिफन्ट
नेपालबहस संवाददाता
पुस २, २०८० सोमबार १७:१:४१
२ पुष, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ७ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा जाँदा देशमा १२ खर्ब मात्र रेमिट्यान्स भित्रिएको दावी गरेको छ । अन्तराष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा जिफन्टले यस्तो दावी गरेको हो ।
आफ्नै केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जिफन्टले ’नेपालको वैदेशिक श्रम सम्बन्धबारे फ्याक्टसिट’ सार्वजनिक गर्दै ४४ खर्ब ४८ अर्ब रेमिट्यान्स नेपाल भित्रिनु पर्नेमा १२ खर्ब मात्रै भित्रिएकोले हराइरहेको ३८ खर्ब हराइरहेको उपाध्यक्ष एवम् जिफन्ट विदेस विभाग रमेश बडालले बताए ।
जिफन्टले आज सार्वजनिक गरेको प्रतिवेदनमा यस आर्थिक वर्षमा ७ लाख ७१ हजार ३२७ नेपाली श्रमिकहरू बैदेसिक रोजगारीमा गएको उल्लेख छ । गत वर्षको तुलनामा २१.२ प्रतिशतले वृद्धि भएको र यो वर्तमान सरकारप्रति निरास भएको परिणाम हो’ उपाध्यक्ष बडालले बताए । उनले हराइरहेको ३८ खर्ब खोज्नेतरि सरकार सुतिरहेकोले खबरदारी गर्नुपर्ने बताए ।
जिफन्टले सरकारको विश्वास नहुँदा श्रमिकहरूले बिप्रेसन नपठाएको हुनसक्ने भन्दै त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताएको छ । कि त सरकारको विश्वास भएन कि त सरकारकै मिलेमतोमा हराएको रेमिट्यान्स सुन तस्करी र डिजिटल करेन्सीमा दुरूपयोग भइरहेको छ, बडालले बताए ।
सार्वजनिक प्रतिवेदनमा विभिन्न ७७ देसका २० हजार श्रमिकहरूले श्रमस्वीकृति लिएर नेपालमा काम गरिरहेकाले नेपाल श्रमिक आयतक मुलुक बन्दै गएको उल्लेख छ । जिफन्टले रोजगारीका नाममा हाल नेपालीहरू भाडाको सेनाको रूपमा समेत काम गर्न तयार हुनु मुलुककै लागि लज्जाबोध भएको बताएको छ ।
प्रत्येक वर्ष प्रवासी श्रमिक सम्बन्धमा अध्ययन गरिएको तथ्याङ्क सार्वजनिक गर्ने गरेको जिफन्ट महासचिव लक्ष्मण शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए । जिफन्ट नेकपा (एमाले) निकट मानिएको मजदुर संगठन हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार