नेपाली इन्जिनियरिङ कलेजका विद्यार्थीलाई १५ लाख बढीको अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान
नेपालबहस संवाददाता
पुस २, २०८० सोमबार १७:५:१
२ पुस, काठमाडौं । नेपाली इन्जिनियरिङ कलेजका विद्यार्थीले १५ लाख बढीको अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गर्न सफल भएका छन्।
कलेजका विद्यार्थी विप्लव पनेरु र भर्खरै स्नातक गरेका अनुप पौडेलसँगै पुल्चोक क्याम्पसका केमिकल इन्जिनियरिङका स्नातक चौथो वर्षका विद्यार्थी विश्व पनेरुले अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गरेको हो।
उनीहरूले ‘टेक्नो-इकोनोमिक एनालिसिस अफ क्रायोजेनिक सीओ २ क्याप्चर प्रोसेस अफ नेपाल एन्ड इट्स एप्लिकेसन’ शीर्षकको अनुसन्धान परियोजनाका लागि ११ हजार ८ सय ७५ डलरको अनुदान पाएका हुन्।
युनाइटेड इन्जिनियरिङ फाउन्डेसनको अनुदान कार्यक्रममा जलवायु समाधान परियोजनाका लागि स्वीकृत भएका हुन्। पुल्चोक क्याम्पसबाट मेकानिकल इन्जिनियरिङ फाउन्डेसन पाँच ठूला इन्जिनियरिङ सोसाइटीहरू AICHe, IEEe, AIMe, ASCe, र ASMe को साझा कन्सोर्टियम हो। यो परियोजना एशियाबाट एक मात्र छनोट भएको परियोजना हो।
यसबाहेक अनुदान कार्यक्रमको एक भागको रूपमा विश्वास र उनको टोलीलाई अमेरिकी इन्ष्टिच्युट अफ मेकानिकल इन्जिनियर्सद्वारा एक हजार अमेरिकी डलरको प्रस्तावित दुई आवश्यक पाठ्यक्रमहरू प्रदान गरिएको छ।
यी पाठ्यक्रमहरूले केमिकल इन्जिनियरिङको क्षेत्रमा उनीहरूको ज्ञान र सीपलाई थप वृद्धि गर्ने अपेक्षा गरिएको छ।पाठ्यक्रमले जलवायु समाधानहरूमा योगदान पुर्याउन बहुमूल्य सीपहरू र अन्तरदृष्टिहरू प्रदान गर्नेछ।
उनीहरूको परियोजना प्रतिवेदन चाँडै नै अमेरिकी इन्ष्टिच्युट अफ मेकानिकल इन्जिनियर्सको सस्टेनेबल एनर्जी कोर्प्सले आफ्नो अन्तर्राष्ट्रिय डाटाबेसमा प्रकाशित गर्ने बताइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोहनी नेपाल विश्वविद्यालयको कुलपतिमा नियुक्त
पुष ५, २०८१ शुक्रबार
त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायमा ८ जना डीन र ३ निर्देशक नियुक्त
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सुधारोन्मुख अवस्थामा वैदेशिक व्यापार: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार