देश, शेखर कोइराला र कांग्रेस
नेपालबहस संवाददाता
पुस २, २०८० सोमबार २०:२१:५०
यज्ञप्रसाद भट्टराई
२ पुस, काठमाडौं । देशले पटकपटक राजनीतिक ब्यवस्था परिवर्तन गर्यो तर जनताको अवस्थामा सुधार हुन सकेन । देशमा भएका राजनीतिक परिवर्तनको रसस्वादन केवल नेतृत्व र नेतृत्वका आफन्त र आसेपासेले मात्रै लगातार उपयोग र उपभोग गर्न थालेपछि नेपाली जनतामा राजनीतिक दलहरुप्रति बिगतदेखि नै बितृष्णा पैदा हुँदै २०७९ को आम निर्वाचनसम्म आइपुग्दा वैकल्पिक दलको रोजाइसम्म पुगिसकेको अवस्था छ ।
शिक्षामा राजनीति, स्वास्थ्यमा राजनीति, बिकासमा राजनीति, बिनासमा राजनीति, जता हेर्याे उतै राजनीति नै राजनीति भएपछि जनताका आधारभुत आवश्यकता समेत ओझेलमा परिसकेका छन् । जनताको दैनन्दिनी चल्न समेत नसक्ने गरि थलापेरको गाह्रो अवस्था भैसक्दा समेत देश चलाउने ड्राइभरले दह्रोसँग स्टेरिङ्ग समाउन नसकेको देख्दा दुःख लाग्छ ।
देश बनाउन अत्यधिक पैसा चाहिन्छ भनेर देशभित्र र देश बाहिरबाट आर्थिक सहयोग र बैदेशिक ऋण लिदा पनि देशको आर्थिक अवस्था झनझन तहशनहश बन्दै गएपछि देश पैसा र पावरले मात्रै बन्ने हैन रहेछ, देश बनाउन त राजनीतिक नेतृत्वमा जहिले पनि देशप्रतिको मायाँ र अटल विश्वास हुन जरुरी रहेछ भन्ने बिचारमा पुगेका छन् डा. शेखर । जनतामा नेतृत्व प्रतिको पुर्ण बिश्वास कायम रहन सक्यो भने अनि नेतृत्वमा जनताप्रति इमानदारीताको पालुवा पलाउन सक्यो भने देश बनाउन कुनै बैदेशिक सहयोग र बैदेशिक कर्जाको लागि कसैसँग हात फैलाउन नपर्ने आफुले नेपाली जनताबाट पाठ सिकेको डा. शेखरले बताएका छन् ।
जनतालाई बिकाससँग जोडनुपर्छ, अब बिकासको मोडेल फेर्नुपर्छ, बिकासलाई राष्ट्र हितसँग जोडदै जनताको सहभागिता अनिवार्य गराउनु पर्छ भन्ने भावना राखेका डा. शेखर सिंगो देशलाई शिरमा राखेर, नेपाली जनताको राजनीतिक दल र दलका नेताहरुप्रति सकारात्मक भावना जागृत गराउन सके जनतामा देश बिकासको भावना आफै पलाउछ भन्दै नेतृत्वको देश र जनता प्रतिको दृढ संकल्पले देशलाई समृद्ध र समुन्नत बनाउन सकिने आत्मविश्वास रहेको बताउँछन् ।
नेपाली जनताले नेपालको राजनीति अति सूक्ष्म तरिकाले अध्ययन गरिसकेका छन् । को पानी माथिको ओभानो छ ? भनेर राम्ररी चिनिसकेका छन् । खोलो तरिसके पछि लौरो बिर्सिने बर्तमान कांग्रेस नेतृत्वका कारण नेपाली जनताले नेपाली कांग्रेस प्रतिको अगाथ प्रेम र समर्थनप्रति ओैला उठाउन थालिसकेका छन् । भुष निफनेर चामल ननिस्कने भएपछि अहिले कांग्रेस भित्र भरिलो धानको खोजी भैरहेको छ । यसका लागि अब कांग्रेस संसदीय दलको नेता परिवर्तन गर्नैपर्ने अवस्थामा आईपुगेको छ । यसका लागि सबैको सर्वस्विकार्य नेता डा. शेखर कोइराला देखिएका छन् ।
अहिले खुलेरै सिंगो नेपाली कांग्रेस भित्र ब्यक्ति जोगाउने कि पार्टी जोगाउने ? बिचार जोगाउने कि ब्यभिचार जोगाउने ? आशा जगाउने कि अत्याचारलाई निरन्तरता दिने ? शुसासन जगाउने कि भ्रष्टाचारीलाई प्रशय दिने ? भन्ने बहश हुन थालेको छ । सिङ्गो पार्टी भित्र नेपाली जनतामा देखिएको अबिश्वासलाई चिर्दै बिस्वास फर्काउने कि बितृष्णा ? भन्ने बिषयमा खुल्ला छलफल शुरु भएको छ । यश महान र अशहज तर नगरी नहुने कार्यका लागि नेपाली कांग्रेस भित्र सबैको एकमत बन्दै गएको देखिन्छ । अहिलेको अवस्थामा देश बनाउने र कांग्रेस बचाउने एकमात्र बिश्वास र भरोशा योग्य नेता डा. शेखर कोइराला नै हो भनेर साझा धारणा बनाउने कांग्रेस नेतृत्वको संख्या समेत बढदै गैरहेको अवस्था छ ।
नेपाली कांग्रेस भित्रकै सबैभन्दा त्यागी, ठुला र दार्शनिक नेता भएकोले डा.शेखर कोइरालालाई नेपाली जनता र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले अत्यधिक बिश्वास, भरोषा र समर्थन गरेको किमार्थ पनि होईनन्, बरु उनी त नेपाली जनताको दुःख, दर्द र कष्टहरु सहितको जनभावना बुझ्ने, तत्काल नेपाली जनताका साथमा पुग्ने, देश र जनताका आवाज बुलन्द रुपमा उठाउने, विधि र पद्धति अनुसार चल्ने, आफ्नो बिचारमा भिष्मपितामह झै सधै अडिग रहने, अरु सयौ नेताजस्तो भ्रष्ट र अपराधिक कृयाकलापमा अहिलेसम्म सरिक नभएका, खराब आचरणमा सामेल नभई देश र जनताको भलाईका लागि निरन्तर लडिरहने एक अशल अभिभावक भएकोले नेपाली जनताले अत्यधिक बिश्वास र भरोषा गरेका कारण नै नेपाली जनताले उनलाई साथ दिएका हुन, समर्थन गरेका हुन । यो कुरा बुझ्दै जाने नेपाली जनता र नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्ताले अब डा. शेखरलाई नजिकबाट चिन्दै जान थालेका छन् ।
नेपाली जनताहरुको एउटै चाहना छ, अब यो देशको नेतृत्व डा. शेखर कोइरालाले गर्नुपर्छ । नेपालको संबिधान अहिले लाटाको धोती जस्तो जसले जसरी उपयोग गरेपनि हुने अवस्थामा पुर्याइएको छ । यसलाई सुधार र जनतालाई संविधान प्रति विश्वास जगाउनु पर्छ । ब्यक्तिगत र दलगत स्वार्थपूर्तिका लागि देशको संविधानको गलत व्याख्या गर्न थालिएको छ । त्यसलाई बिधिसम्मत ससहि ट्रयाकमा नल्याउने हो भने नेपाली जनतामा देशकै संविधान र कानुनप्रति बिश्वास र भरोसा हराउदै जाने अवस्थालाई चिर्न पनि एकपटक डा. शेखरलाई देशको कार्यकारी प्रमुख बनाउनै पर्ने बाध्यता एकातर्फ छ भने अर्को तर्फ नेपाली कांग्रेसको बिधान अनुसार नचल्ने कांग्रेस नेतृत्वका बिरुद्धमा पनि लडनु पर्ने समस्या छ ।
यि दुबैको बचाउ गर्न र नेपाली जनताको राजनीति प्रतिको बितृष्णा फर्काउन डा. शेखरले अब नेपाली कांग्रेस भित्र आक्रामक नेतृत्व गर्नुपर्छ भन्ने नेपाली जनताको मागलाई सम्बोधन गर्न समेत अहिले डा. शेखर मात्रै एकमात्र बिश्वासपात्रका रुपमा देखिएका छन् ।
नेपाललाई एशियाकै पहिलो गरिव देश बनाउने महामहिमहरुलाई निरन्तर सत्ता सुम्पिरहने, आफू भने सधैं अभाव र महंगीले थिचिई रहने छुट अब नेपाली जनतालाई छैन । नेपाली जनताले डा. शेखर कोइरालाबाट मात्रै देशमा राजनीतिक स्थायित्व र गुणात्मक बिकासको अपेक्षा गरेका छन् । बिगतमा जसरी गिरिजाबाबुलाई अगाडि नसारी नेपालको लोकतान्त्रिक परिवर्तनको आन्दोलन अघि बढदैनथ्यो त्यसरी नै अहिले नेपाली कांग्रेसमा डा. शेखर कोईरालालाई अगाडि नसारी नेपाली जनताको बिश्वास र भरोषा नरहने अवस्था सृजना भैसकेको छ । त्यसैले नेपाली राजनीतिमा देशको अवस्था सुधार्न र लोकतान्त्रिक ब्यवस्था जोगाउने एकमात्र बिकल्प भनेको डा. शेखर कोईरालाको नेतृत्वमा बृहत् लोकतान्त्रिक ध्रुवीकरण निर्माण गर्नु नै हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
छिमेकीलाई ख्याल गरेर सबन्ध बढाउनु पर्छः माधव नेपाल
मंसिर १०, २०८१ सोमबार
चक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार