कस्तो छ त इजरायलले पत्ता लगाएको हमासको ४ किमी लामो सुरूङ ?
नेपालबहस संवाददाता
पुस ३, २०८० मंगलबार १०:४७:२८
३ पुस, तेल अहिव । इजरायली सेनाले हालै गाजा पट्टीमा अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो सुरुङ फेला पारेको बताएको छ । यसको साइज यति ठूलो थियो कि सुरुङ भित्र साना सवारीसाधन सहजै जान सक्ने थियो
इजरायली सेनाको एक विज्ञप्तिमा भनिएको छ कि सुरुङ चार किलोमिटर भन्दा बढी क्षेत्रफलमा फैलिएको छ र इरेज सीमा पार गर्ने भन्दा बाहिर ४०० मिटर (१३०० फिट) गहिरो थियो ।
इजरायली सेनाले लाखौं डलरको लागत र निर्माण गर्न धेरै वर्ष लागेर यो सुरूङ बनाएको बताएको छ । उसका अनुसार परियोजनाको नेतृत्व हमास प्रमुख याह्या सिनवारका भाइ मोहम्मद याह्याले गरेका थिए, जो अक्टोबर ७ को हमलाको मुख्य योजनाकार मानिन्छन् ।
यस टनेलमा धेरै प्रकारका सुविधाहरु देखिएका छन्, जल निकासी प्रणाली, बिजुली, भेन्टिलेसन, ढल निकास र सञ्चार सञ्जालका साथै रेलको सुविधा पनि थियो। सुरुङको भुइँ कम्प्याक्टेड माटोले बनेको छ भने पर्खालहरू भने कंक्रिटले बनेका छन्।
इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल रिचर्ड हेचले भने कि हमासले यस परियोजनामा ठूलो स्रोत लगानी गरेको थियो र यसको एकमात्र उद्देश्य इजरायल राज्य र त्यहाँका बासिन्दाहरूलाई आक्रमण गर्नु थियो। उनले इरेज क्रसिङ नजिकै जानाजानी सुरुङ निर्माण गरिएकोसमेत बताए ।
स्मरण रहोस, गत अक्टोबर ७ मा हमासले गाजा पट्टीबाट इजरायलमा केही मिनेटमै ५ हजारभन्दा बढी रकेट प्रहार गरेको थियो । हमासले इजरायल विरुद्धको अभियानलाई ‘अल अक्सा फ्लड’ नाम दिएको छ। यसको जवाफमा इजरायली सेनाले हमासविरुद्ध ‘स्वार्ड्स अफ आइरन’ अपरेशन सुरु गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार