हतारमा नागरिकता ऐन पारित गर्नुपर्दा विवाहका सम्बन्धमा केहि कुरा छुटेका छनः तिमिल्सिना
नेपालबहस संवाददाता
पुस ३, २०८० मंगलबार ११:२२:१२
३ पुस, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विवादकै रहेका बेला हतारमा नागरिकता ऐन पारित गर्नुपरेकाले केहि महत्वपूर्ण विषयहरू सम्बोधन हुन नसकेको बताएका छन् । उनले हतार र विवादले गर्दा विवाह हुने बित्तिकै विदेशी चेलीले नेपाली नागरिकता पाउने विषय निर्णयमा पुग्न नसकेको बताएका छन् ।
मंगलबार बिहान महिला कानुन र विकास समाजद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले छिमेकी देश भारतमा सोसम्बन्धी सात वर्षको प्रावधान रहेको उल्लेख गरे । विवाह हुने बित्तिकै विदेशी चेलीले नेपाली नागरिकता पाउने विषय बहसमा छ । विवादकै बीच नागरिकता ऐन पास भएको छ, छिमेकी देश भारतमा सात वर्षको प्रावधान छ, उनले भने ।
देशको भूराजनीतिक स्थितिका कारण सबै अवस्था अकै र सहज हुन्छ भन्ने नभएको उनले स्पष्ट पारे । यी विषयमा छलफल गर्नुपर्नेमा उनले जोड दिए । भारतसँग सम्बन्धमा केही खटपटले एउटा धारणा बन्ने गरेको छ । यसले राष्ट्रियतामा आशंकाहरू बढाउने गर्छन् । यो स्वाभाविक होला र यी विषयमा छलफल गर्नुपर्छ, अध्यक्ष तिमिल्सिनाले भने, देशको भूराजनीतिक अवस्थाको कारणले सबै अवस्था एकै र सहज हुन्छ भन्ने छैन । यी विषयमा छलफल गर्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार